फेसबुकमा कसले के भने

  प्रकाशित मिति
१२ असार २०७३, आईतवार ०९:३४


1 gopalगोपाल काफ्ले  ः–
सचेत नागरिकहरूको छद्मभेषमा उत्रिएका अचेतहरूले पत्रकारिता पेशाभित्र पनि बद्नाम गराउन खोजेका छन् । उनीहरूले भूमिगत शैलीमै भए पनि उठान गरेको विषय राम्रो छ, चिकित्सकहरूलाई प्रयोग गरिएको धम्कीपूर्ण भाषाहरू बाहेक । पत्रकारभन्दा पनि विज्ञापन प्रकाशन गरिदिने पत्रिकाका विज्ञापन प्रमुख वा सम्पादकलाई सोधेर तत्तत् मानिसलाई कठघरामा उभ्याउनु जरुरी छ । उठान गरिएका कुराहरूमध्ये चिकित्सकको कालो धन्दा सम्बन्धी सार्वजनिक महत्वको सन्दर्भ जोडेको कुराप्रति सायद धेरैको समर्थन रहला ।
………………………………………………..

1 yekrajएकराज प्रधान ः–
यहाँ ‘सचेत नागरिक’ भन्दा बढी सञ्चारमाध्यम ‘अचेत’ भएको देखिन्छ । या त सञ्चारमाध्यमलाई खुलेआम दुरुपयोग गरिएको छ । गुमनाम भएर पनि सचेत नागरिकले गरेको काम राम्रो हो, निःस्वार्थ भए । तर, कसैले स्वार्थका लागि चलाएको भए यो खतरा बन्न सक्छ ।
…………………………………………………

1 shambhuशम्भु दाहाल ः–
कुन कुन पत्रिकामा बिज्ञप्ति छापिएको ? तिनै पत्रिकालाई सोध्नु थाहा भई हाल्छ नि बिज्ञप्ति छापेको पैसा दिन को आयो, कस्ले पठायो ? बिना स्रोत त पक्कै छापिएन होला ? तर, तरिका गलत भए नि यो समूहको काम ठिक छ ।

 

…………………………………………………..

1 santoshसन्तोष अधिकारी ः–

सचेत नागरिक जोसुकै होस् । काम चाहिँ गतिलो गर्दैछ । है ।

……………………………………………….

 

1 gopal basnet

गोपाल बस्नेत ः–

बिज्ञप्तिको पैसा जसले बुझाउँछ उहि हो सचेत नागरिकको नाइके र भाइ नाइके !

 

 

……………………………………………….

1 premआचार्य प्रेम ः–
सचेत नागरिक समुहमाथि प्रशासनले निगरानी सुरु गरेको बुझेको छु । दर्ता नगरी गलत हर्कत गर्ने कथित सचेत माथि कारवाही जरुरी छ ।

 

…………………………………………………

1 lilaलीला भण्डारी ः–
नागरिक समूह, नागरिक समाज भनेका आफुले आफैलाई ठूलो भनी टोपल्नेहरूको सङ्गठन होला ।

 

…………………………………………………..
1 yam bimaliयाम विमली ः–
छाप्न लगाएर सम्पर्कमा नआउनेको नाम पनि सार्वजनिक गर्नुहोस्, अनि तपाईको विश्वसनियता अझ वढ्नेछ । नत्र फेरि पनि तपाईले केहि कुरा लुकाएको आभाष हुनेछ ।

 

 

………………………………………………….
1 gopal kumarगोपाल कुमार बस्नेत ः–
नक्कली डाक्टरहरूको सूचीमा मिसाएर बिर्ता सीटीका बरिष्ठ र लोकप्रिय डाक्टरको नाम मिसाउने कार्य घोर अन्यायपूर्ण र खराब नियतिको परिणाम हो । यसका लागि न्यायको ढोका ढक्ढकाउने छौँ ।

 

 

 

………………………………………………….
1 sp luitel

एसपी लुइँटेल ः–
यो सचेत नागरिक समूह भनेको कुनै द्रव्यलोभिको झुण्ड हुन सक्छ, उक्त विज्ञप्ति छाप्न लाउनेकोे जब पहिचान छैन ।

 

 

…………………………………………………
1 narayan

नारायण ढुङ्गाना ः–
गल्ती स्वीकार्ने भन्दा पनि गल्ती दोहोरिने कुरामा सचेत हुनु राम्रो हो ।

 

 

………………………………………………..
1 bisal

विशाल नेम्वाङ ः–
भुलबस भएको गल्ती लुकाउनु भन्दा क्षमा सहित नदोहोरियाउनु महानता हो । यसमा लाज मान्नु पर्ने कुरै छैन ।

 

 

 

…………………………………………………
1 pradip

प्रदिप परियार ः–
सचेत नागरिक समूह झापा नामक भूमिगत संस्था पत्रकारबाट परिचालन र संरक्षण भएको पाइयो । आतङ्ककारी जस्तो ब्यवहार देखाउनु दुःखद् हो ।

 

 

……………………………………………………
1 raju

राजु श्रेष्ठ ः–
हैन झापाका पत्रकारले कहिलेबाट भूमिगत संस्था सञ्चालन गर्न थाले ?

 

 

(१२ असार २०७२ को लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: