फेसवुकबाट ठग्ने दुई पक्राउ

  प्रकाशित मिति
५ असार २०७३, आईतवार १८:२१


add
झापा । फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुईजनालाई इलाका प्रहरी कार्यालय विर्तामोडले पव्रmाउ गरेको छ ।

प्रहरीले शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पव्रmाउ गरेको हो । उनीहरुले विभिन्न विदेशी मानिसको नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।

भट्टराई र हकले फेसबुक आइडीमार्फत् सर्वसाधारणलाई साथी बनाउने गरेका थिए । त्यसपछि कुनै विदेशी कम्पनीको नाम भन्दै चिठ्ठा परेकाले बैङ्क खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए । उनीहरुले लक्की ड्र मार्फत् तपार्इंलाई ठुलो परिमाणमा रकम तथा विभिन्न उपहारहरु परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका विर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।

एक महिना अघि उनीहरुले विर्तामोडकै एक व्यक्तिलाई चिठ्ठा परेको छ भन्दै ठगी गर्न खोजेपछि प्रहरीले उनीहरुको खोजी कार्य सुरु गरेको थियो । पव्रmाउ परेकामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: