फोटो खिँच्दा पत्रकारलाई केरकार

  प्रकाशित मिति
२७ जेष्ठ २०७३, बिहीबार १२:५५


photoभद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकृतले प्रहरी लगाएर पत्रकारले लिएको तस्वीरका बारेमा स्पष्टीकरण लिने प्रयत्न गरेका छन् ।

आफ्नो प्रत्यक्ष सम्लग्नता नदेखाई कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्रका एक प्रहरीलाई निर्देशन दिएर विहीवार मध्यान्ह ती अधिकृतले त्यस्तो हर्कत गरेका हुन् । ‘जिल्ला प्रशासन पुगेर फोटो लिएपछि फर्कने व्रmममा थियौँ,’ एक प्रहरीले फोटो खिच्नुको कारण सोधेको पत्रकार राजेन्द्र गौतमले बताए ।

‘क्यामेरा लानुहोस्, तपाईंलाई अप्ठ्यारो पर्छ भने फोटो डिलिट गरिदिन्छु भन्दा पनि प्रहरीले पर्दैन भने, गौतमले भने, ‘कुनै सरकारी कार्यालयमा गएर फोटो खिच्न अनुमति लिनुपर्छ भन्ने नियम मलाई थाहा थिएन, फोटो खिचेपछि त्यसखालको दवाव आउँछ भन्ने पनि मैले सोचेको थिइनँ ।’ उनले ती प्रहरीसँग आफूले गल्ती गरेको भए सच्चिएर जाने बताउँदा पनि ती प्रहरी माथिको आदेश भन्दै पन्छिएका थिए । तर, कसले आदेश दियो, त्यसबारे ती प्रहरीले गौतमलाई यथार्थ खुलाउन चाहेनन् ।

सँगै रहेका पत्रकार लक्ष्मी काफ्लेलाई इशारामार्फत् नजिक बोलाएर प्रहरीले माथिको आदेश पालना गरेको प्रष्टीकरण दिएका थिए । स्रोतका अनुसार प्रशासकीय अधिकृत राजु दाहालले पत्रकारसँग निहुँ खोज्न प्रहरी पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: