फोटो पत्रकार खरेललाई सुसेली प्रतिभा पुरस्कार

  प्रकाशित मिति
१५ पुष २०७७, बुधबार १६:४२


झापा, १५ पुस । लोकतन्त्र पोस्टका फोटो पत्रकार देवेन्द्र खरेल सुसेली प्रतिभा पुरस्कारबाट सम्मान हुने भएका छन् ।

सुसेली साहित्यिक परिवारले चूडामणि रेग्मीको चौरासी तथा गुरुआमा वेदकुमारीको हिरक जन्मोत्सवका अवसरमा आगामी पुस १८ गते उनीलगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट विर्तामोड निवासी बुद्ध अफसेट प्रेस सञ्चालक कमला भट्टराई पराजुलीलाई प्रदान गर्ने निर्णय भएको छ । सो अवसरमा साहित्यकार देवीचरण भण्डारी र इन्द्रबहादुर मुखियालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलले बताए ।

कार्यक्रममा स्मारिका ‘सुसेली–१८’ झापाली स्रष्टा परिचय अङ्कको लोकार्पण समेत गरिने भएको छ । कार्यक्रममा परिवारले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा पुरस्कृत हुने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: