फोटो पत्रकार खरेलले भेटे इलाममा दुर्लभ चरा ‘होमराई’

  प्रकाशित मिति
६ पुष २०७८, मंगलवार १९:२१


मेचीनगर, ६ पुस । सन १८५० पछि नेपालमा दुर्लभ मानिएको ‘होमराई’ चरा इलाममा भेटिएको छ ।
चरा अभियन्ता एवम् फोटो पत्रकार देवेन खरेलले आज इलामको सूर्योदय नगरपालिका–१ स्थित सिन्दापमा दुई वटा भाले चरा ‘होमराई’ भेटेका हुन् ।

सिन्दापको विकट ठाउँमा रहेका खरेलले आफ्नो क्यामेरबाट उक्त चराको फोटो पठाउन सम्भव नरहेको बताए । क्यामेरामा रहेको दुर्लभ चराको फोटो मोवाइलबाट खिचेर सामान्यरुमा फोटो सार्वजनिक गरेका छन् ।

स्थानीय गाउँलेहरुका अनुसार उक्त चरालाई नेपालीमा ‘हङरायो’ नामले चिनिने यो पंक्षीलाई चरा विशेषज्ञहरुले ‘होमराई’ चराको भनेको खरेलले जानकारी दिए ।

दुर्लभ चराहरुको खोजीमा पटकपटक इलाम पुगेका खरेलले मंगलबार दिउसो उक्त चराको तस्बिर खिच्न पाउँदा खुसी लागेको बताए ।

‘चरा खोज्दै जाँदा सिन्दापको बाटो छेउको एउटा रुखमा २ वटा भाले दुर्लभ चरा ‘होमराई’ भेटियो’, खरेलले भने–‘ यो चरा सन १८५० अघि वेल्जियमका नागरिकले विदेश भ्रमणका क्रममा नेपालमा यो दुरर्लभ चरा भेटेका थिए । त्यसपछि नेपालमा पहिलो पटक यो चरा भेटिएको हो ।’

यसअघि फोटोग्राफर खरेलले दुर्लभ मानिएको हरियो परेवालाई नेपालमा रेकर्ड गराईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: