फोर्स मोटर्सका गाडीको विव्रmी सुरु

  प्रकाशित मिति
३१ जेष्ठ २०७३, सोमबार १४:३७


 

fors

विर्तामोड । पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको विव्रmी शुरु भएको छ ।
फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिधार्थ अटो टे«डिङ प्रालिले बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट गाडीको औपचारिक विव्रmी शुरु गरेको हो ।
फोर्स मोटर्स लिमिटेड भारतका इन्टरनेशनल सेल्स डिभिजनका सहप्रबन्धक सुनिल शङ्कले रिबन काटेर तथा फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विव्रmेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले पानसमा दीप प्रज्ज्वलन गरी विव्रmी केन्द्रको उद्घाटन गरेका हुन् ।

फोर्स मोटर्सका ब्राण्डहरु ट्याक्स क्रुसर जीप, ट्याक्स कार्गो किङ (पिकअप), ट्रोम्प ४०, बलवान ट्याक्टर लगायतका गाडीहरुको लञ्चिङ पनि सो अवसरमा गरिएको थियो । कार्यव्रmममा फोर्स मोटर्सका उत्पादनहरु ट्राभलर मिनि बस, ट्याक्स गोर्खा जीप, फोर्स एम्बुलेन्स लगायतका गाडीको बारेमा पनि जानकारी गराइएको थियो ।

सिधार्थ अटो ट्रेडिङका प्रबन्ध निर्देशक वीरबहादुर गुरुङ(वीरु)को अध्यक्षतामा भएको कार्यव्रmमका बीच चारपाने घाग्रापुल नजिकै रहेको फोर्सका गाडीको मर्मत केन्द्रको पनि सोमवार नै उद्घाटन गरियो । फोर्स मोटर्सको विव्रmीपछिको सेवालाई प्राथमिकताका साथ अघि बढाउन सिधार्थ अटो टे«डिङले सेल्स, सर्भिस र पार्टस विव्रmीको सेवा पनि शुरु गरेको प्रबन्ध निर्देशक गुरुङले जानकारी गराए ।

सिधार्थ अटोको सञ्चालकमा वीरुसँगै सुवास घले र कुलबहादुर गुरुङ रहेका छन् । उनीहरु गोलधाप निवासी हुन् ।

विव्रmी केन्द्र उद्घाटन तथा गाडीको लञ्चिङको अवसरमा प्रथम गाडी खरिदकर्ता दमक निवासी कृष्ण वेगालाई सो अवसरमा चावी हस्तान्तरण गरिएको थियो । उनले ट्याक्स व्रmुसर जीप खरिद गरेका छन् । आयामका एसिस्टेन्ट म्यानेजर राजन शिल्पकारले स्वागत गरेको कार्यव्रmम नेत्रप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

फोर्सको ट्याक्स व्रmुसर जीप १४ सिट क्षमताको रहेको र यो नै नेपालमा सबैभन्दा बढी सिट क्षमताको जीप रहेको कार्यव्रmममा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: