फ्रन्टको महाधिवेशन मङ्सिरमा हुने

  प्रकाशित मिति
२३ श्रावण २०७३, आईतवार १६:२५


विर्तामोड, २३ साउन । जनयुद्ध रक्षा फ्रन्ट नेपालले आगामी मङ्सिरमा पार्टीको दोस्रो महाधिवेशन काठमाडौँमा गर्ने भएको छ ।

फ्रन्टको झापाको विर्तामोडमा सम्पन्न केन्द्रीय विस्तारित बैठकले महाधिवेशनको मिति तय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जनयुद्धको विचार र उपलब्धिको रक्षा गर्ने लक्ष्यका साथ २०६५ सालमा जनयुद्ध रक्षा फ्रन्टको स्थापना भएको थियो । फ्रन्टका अध्यक्ष पर्वतले वत्र्तमान नेपाली काङ्ग्रेस र माओबादी केन्द्रविचको गठबन्धन अप्राकृतिक भएको टिप्पणी गर्दै सरकारको भण्डाफोर र विरोध गरिने बताए ।

उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई जनयुद्ध र क्रान्तिप्रति अपराध नगर्न आग्रह गरे ।

सरकारले गठन गरेका शान्ति समितले द्वन्द्वपीडितलाई न्याय दिनुको साटो भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै फ्रन्टका अध्यक्ष पर्वतले शान्ति समिति खारेज हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: