फ्लोअप न्यूज : सहायक सीडीओको नेतृत्वमा छानविन समिति गठन

  प्रकाशित मिति
११ भाद्र २०७७, बिहीबार १८:३९


मेचीनगर, १२ भदौ । कामाटोली गोलीकाण्डको विवाद साम्य बनाउन मृतकका परिवारसँग ७ बुँदे सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक, मृतकका परिवार र प्रशासनिक निकायका अधिकारीहरुले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गरेको छ ।

समितिले घटनाको छानविन गर्नेछ । छनविन समितिमा नेपाल प्रहरीका एक जना डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख रहने भनिएको छ ।

सहमतिको अर्को बुँदामा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय भएको छ ।

अर्को बुँदामा मृतकका परिवारलाई तत्काल काजकिरिया खर्च वापत ५० हजार रुपैयाँ दिने निर्णय भएको छ ।

हाल हस्पिटलमा रहेको शब मृतकका परिवारले पोस्टमार्टम जाँचपछि बुझेर लैजाने र आफ्नो संस्कार अनुसार अन्त्येष्टि गर्ने सहमति भएको छ ।

मृतकका बालबच्चाको शिक्षा दीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र सबै पक्षले सामाजिक सद्भाव बिग्रिन नदिने सहमति भएको छ ।

बुधवार प्रहरी टोलीसँगको झडपमा झापा गाउँपालिका वडा नं. ३ का ३८ वर्षीय रफिकुल आलमको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: