मेचीनगर । भूकम्प प्रभावित क्षेत्रका लागि बंगलादेश सरकारले पुनः नेपाललाई दोस्रो पटक अनुदान स्वरुप पठाएको चामल मध्ये २ सय ५० टन आइतबार नेपाल आइपुगेको छ ।
बंगलादेश सरकारले १० हजार मेट्रिक टन चामल नेपाललाई दोस्रोपटक अनुदान स्वरुप उपलब्ध गराएको छ ।
पहिलो चरणमा भित्रिएको २ सय ५० टन चामल बंगलादेश सरकारका अधिकारीहरु मोहम्मद महकुवुल हक र मोहम्मद वाकीकुल इस्लामले झापाका सहयाक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र नेपाल खाद्य संस्थान मेचीका प्रमुख मर्कन्डेप्रसाद जैसवाललाई हस्तारण गरेका छन् ।
राहत स्वपरुप आएको चामललाई झापास्थित नेपाल खाद्य संस्थानका चन्द्रगढी, भद्रपुर र विर्तामोडमा रहेका गोदाममा सञ्चित गरेर राखिने सहायक प्रमुख जिल्ला अधिकारी सापाकोटाले बताए । सो चामल आर्थिक बर्ष २०७३÷०७४ सुरु भए लगत्तै दुवानीको व्यवस्था मिलाएर भूकम्प प्रभावित क्षेत्रमा पठाइने उनको भनाई छ ।
व्यापार, वाणिज्य प्रवद्र्धन तथा संस्कृति मन्त्रालयका प्रथम सचिव महकुवुल हकले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्देशनपछि सरकारले नेपाललाई अनुदानमा चामल उपलव्ध गराएको बताए ।
गतबर्ष महाभूकम्प गए लगत्तै बंगलादेश सरकारले विपत्ती टार्नका लागि १० हजार मेट्रिक टन चामल पूर्वी नाका काँकडभिट्टाबाटै नेपाललाई अनुदानमै उपलब्ध गराएको थियो ।