बंगालको दादागिरी : दश दिनदेखि पुलमै रोकिए नेपालका २५ गाडी कृषिउपज

  प्रकाशित मिति
५ असार २०७७, शुक्रबार १४:३५


।। अर्जुन कार्की ।।

मेचीनगर । भारतको पश्चिम बंगाल सरकारको दादागिरीले गर्दा निर्यात हुन लागेको नेपाली व्यवसायीको करिव ७ करोड मुल्य बराबरको कृषिजन्य वस्तु बिग्रिने अवस्थामा पुगेको छ ।

नेपाली व्यवसायीले २५ वटा ट्रकमा भारत तथा बंगलादेश पठाउन लागेको चिया, अलैँची र अम्रीसोको गाडी पश्चिम बंगाल सरकारले मेचीपुलमा रोक्दा करोडौँको कृषिजन्य वस्तु बिग्रिने अवस्थामा पुगेको हो ।

पराजुली टि–स्टेट भद्रपुरका सञ्चालक आदित्य पराजुलीले ८/१० दिनदेखि काँकरभिट्टाको मेचीपुलमा कृषिजन्य वस्तु रोकिएको बताए ।

‘केहि दिनअघि अम्रीसोको गाडी भारत हुँदै बंगलादेश गएको थियो’, सञ्चालक पराजुलीले भने–‘हामीले पनि अन्य कृषिजन्य वस्तुको गाडी पठाएको थियौँ । तर, भारतीय प्रहरीले रोकिदियो ।’

‘मेची भन्सारबाट सबै प्रक्रिया पुरा गरेर गाडीहरु भारत पठाएका थियौँ । भारतीय कस्टमले पनि प्रक्रिया पुरा गर्न भनेको थियो । तर, उताको प्रहरीले मेचीपुलबाट गाडी अघि बढाउनै दिएन’–उनले भने ।

उनका अनुसार वर्खाको सिजन छ, मेचीपुलमा नै गाडी बसेको १० दिन बढी भइसकेको छ । पानीले चुहिन थालेपछि गाडीमा त्रिपाल लगाएका छौँ, कृषिजन्य वस्तु बिग्रिए व्यवसायीको करिव ६ देखि ७ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेकोे पराजुलीको दावी छ ।

नाकामा १० दिनदेखि चियाका १४ वटा, अलँैचीको १० वटा र अम्रीसोको एउटा गाडी रोकिएकोे भन्सार एजेन्ट रोशन अग्रवालले बताए ।

भारतको केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई केहि दिनअघि पठाएको परिपत्र ।

उनले भारतको केन्द्र सरकारले आयात तथा निर्यात व्यापारका लागि नाका सहज बनाउने भनेर पश्चिम बंगाल सरकारको मुख्य सचिवलाई परिपत्र गरेकोे बताए । पश्चिम बंगाल सरकारले भने केन्द्रको निर्देशन अटेर गरेको उनको भनाई छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले कृषिजन्य वस्तुको २५ वटा गाडी प्रक्रिया पुरा गरेर भारत लागि पठाइएको बताए ।

तर, भारतको पश्चिम बंगाल सरकारले नाकामा उक्त गाडीहरु जान नदिएको उनले जानकारी दिए ।

बंगाल सरकारले एकतर्फीरुपमा नाका बन्द गरेको उनको भनाई छ । मेचीपुलमा रोकिएका गाडीहरु पठाउने पहल भइरहेको भन्सार प्रमुख विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: