बगेको पुल सोझ्यायो सशस्त्रले

  प्रकाशित मिति
१३ श्रावण २०७३, बिहीबार १७:५४


sena
नेपाली सेना

खुदुनाबारी । विर्तामोड–खुदुनावारी सडकखण्डमा पर्ने टाङटिङ खोलाको बाढीले बगाएको बाँसे पुल सशस्त्र प्रहरीको पहलमा सोझ्याएर पुनर्निर्माण गरिएको छ ।

केही दिन अघिको बाढीले पुल बगाएपछि खुदुनावारीबासीसँग दक्षिणी शनिश्चरे र विर्तामोडको सम्पर्क टुटेको थियो । जनजीवन समेत कष्टकर भएको थियो ।

तर बुधवार सशस्त्र प्रहरीको खुदुनावारीस्थित वेस क्याम्पबाट खटिएको टोलीले भत्किएको बाँसको पुल पुनर्निर्माण गरेर जस्ताको तस्तै बनाएको छ ।

टाङटिङ खोलमा पुल बनाउन थालेको दश बर्ष भइसक्दा समेत पक्की पुल निर्माण कार्य सम्पन्न नभएपछि स्थानीयवासीले त्यही बाँसको अस्थायी पुलको सहाराले बर्खामा काम चलाउने गरेका थिए ।

पुल पुनर्निर्माण गर्ने कार्यको सशस्त्र प्रहरीका इन्सपेक्टर प्रभात गौतम आफैले नेतृत्व गरेका थिए । प्रहरीलाई सो कार्यमा खुदुनवारीका सयौ युवाले मदत पुर्याएका थिए ।

अस्थायी पुल बुधवारदेखि नै पुनः सञ्चालनमा आएको छ । मोटरसाइकल लगायत पैदल यात्रीले पुलबाट ओहोरदोहोर गरिरहेका छन् ।

tanting 1
सशस्त्र प्रहरी

झापामा ७ जनाको मृत्यु
यसैविच, झापा जिल्लामा साउन ५ गते यता आएको अविरल वर्षा पश्चात बाढीका कारण ७ जनाको मृत्यु भएको नेपाली सेनाको चारआलीस्थित कालीबहादुर गणले जनाएको छ ।

वाढीमा परी हालसम्म ३ जना बेपत्ता भएको र ८ सय भन्दा बढी परिवार विस्थापित भएको सेनाले जानकारी दिएको छ । बाढीले एक दर्जन घर पूर्णरुपमा र ४ सय घर आंशिक रुपमा क्षति भएको गणका सहसेनानी कृष्णचन्द्र पौडेलले बताए ।

झापाका नदीमा यो साता वर्षकै भीषण बाढी आएको छ । पानीको निकास नहुँदा विर्तामोड, भद्रपुर, दमक लगायतका अधिकांश सहर बजार समेत डुबानमा परेका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित छन् । सेनाको चारआलीस्थित कालीबहादुर गणबाट खटिएको टोलीले भद्रपुरस्थित भैसावारीमा खोलाले बगाएर रुखको सहारा लिएर बसेका ३ जनालाई सकुशल उद्धार गरेको थियो ।

खोलाले कटान गरिरहेको गाउँ बस्तीलाई जोगाउनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय बासिन्दा लगायतसँग समन्वय गरी प्राथमिकताका साथ कार्य सम्पन्न गर्न अधिकतम फौज परिचालन गरिएको काली बहादूर गणका गणपति प्रमुख सेनानी खेम नारायण पाडेलले बताएका छन् ।

नेपाली सेनाले उद्धार कार्यमा मोटर बोटकोसमेत प्रयोग गरेको छ । सेनाले शनिर्अुनको पानीकल इलाकामा करिव २ सय मिटर क्षेत्रमा अस्थाई बाँध बाँधेर वस्ती जोगाएको । सो बाँधले पानीकल, लक्ष्मीपुर, घैलाडूब्बा, पाण्डवपुर, खाडीबस्ती लगायतका इलाकाहरू जोगिएको सेनाले जनाएको छ ।

(२०७३ साउन १३ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: