बचत गर्ने बानी सिकाउँदै एनएमसी

  प्रकाशित मिति
२५ पुष २०७६, शुक्रबार १९:४४


 

शनिश्चरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको वित्तीय साक्षरता समितिको आयोजनामा अर्जुनधारास्थित शनिश्चरे माविको प्राङ्गणमा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘बचत गर्ते बानीको विकासमा सहकारीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा वित्तीय सेवा तथा जीविकोपार्जनमा दीगो पहुँच पु¥याउन साथै सहकारीका कर्मचारीहरुको क्षमता विकास हुनेछ ।

उक्त वक्तृत्वकला प्रतियोगितामा अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका संस्थागत तथा सामुदायिक १७ वटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालयमा विद्यार्थीहरुलाई बचत गर्ने तथा सहकारीको विषयमा जानकारी गराउने उद्देश्य अनुरुप कार्यक्रम अगाडि बढाइएको वित्तीय साक्षरता समितिका सदस्य कमलप्रसाद पाठकले बताए ।

अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महानन्द शिक्षा सदन बुद्धशान्तिका पुस्कर पौडेल प्रथम, एरा एभरग्रीन इङ्लिस स्कूलकी दिप्सना मैनाली दोश्रो, सिंहदेवी मावि अर्जुनधारा–१ का रुविस खतिवडा तेश्रो तथा प्रगति सेकेण्डरी स्कूल अर्जुनधारा–५ की प्रिजा पौडेल सान्तवना भएकी थिइन् । उक्त कार्यक्रममा प्रथम, दोश्रो, तेश्रो तथा सान्तवनालाई क्रमशः ३ हजार, २ हजार, १ हजार तथा ५ सय साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

शनिश्चरे कार्यालयगत समितिको कार्यवाहक संयोजक हरिभक्त बरालले स्वागत मन्तव्य तथा वित्तीय साक्षरता समितिको सदस्य कृष्णप्रसाद भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा कार्यक्रमको प्रमुख अतिथि शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल रहेको कार्यक्रममा अध्यक्षता वित्तीय साक्षरता समितिको संयोजक गोपाल प्याकुरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: