बजारको मनपरीतन्त्र रोक्न प्रधानमन्त्री गुहारे झापाका उपभोक्ताले

  प्रकाशित मिति
२१ आश्विन २०७७, बुधबार १७:५४


झापा, २१ असोज । कोरोनाले आक्रान्त बनाइरहेको बेला बजारमा भइरहेको भद्रगोल नियन्त्रणका लागि उपभोक्ता अधिकारबादी संस्थाहरु जुर्मुराउन थालेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको १ नं. प्रदेश समितिले प्रधानमन्त्री केपी ओलीलाई आज ज्ञापनपत्र पठाएर उपभोक्तामाथि लादिएको मनपरीतन्त्र रोक्न माग गरेको छ ।

‘प्रधानमन्त्रीज्यू स्वयम् नेपाली बजारको एक उपभोक्ता हुनुभएकोले,’ सदस्य यामनाथ बिमली र अध्यक्ष ओमभक्त सेढाईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–‘बजारमा देखिएका उपभोक्ता हित विरुद्धका गतिविधिहरु नजिकबाट नियालिरहनु भएको छ भन्ने हाम्रो विश्वास छ ।’

मञ्चले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए ।

यातायातका साधनमा सरकारले ५० प्रतिशत बढी भाडा असुल्न स्वीकृति दिए तापनि व्यवसायीहरुले स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड नपनाएको, बजारमा अखाद्य तथा म्याद गुज्रिएका बस्तुहरु छलछाम गरी विक्री भइरहेको, चिनी तथा प्याजको मूल्य वृद्धि गरिएको, सरकारी अनुगमन फितलो रहेको, विषादीको अवशेष भएका तरकारीजन्य खाद्यवस्तु खुलेआम बेचिरहेको, निजी अस्प्तालहरुमा मनपरी चलिरहेको लगायतका समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

‘चाडवाडको मुखमा बजारमा मनपरी बढेको हुँदा छिटोभन्दा छिटो सरकारको ध्यान जाओस् भनेर हामीले प्रधानमन्त्रीलाई नै ज्ञापन पत्र पठाएका हौं’–मञ्चका प्रदेश समिति सदस्य बिमलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: