काँकरभिट्टा नाका सुनसान

  प्रकाशित मिति
११ चैत्र २०७६, मंगलवार १४:५०


अर्जुन कार्की

मेचीनगर । सरकारले मङ्गलबारदेखि लागु हुने गरी देशभरि शुरु गरेको ‘लक डाउन’ को पहिलो दिन पूर्वी नाका काँकरभिट्टा सुनसान रहेको छ ।

देशका विभिन्न भागमा ‘लक डाउन’ उल्लंघन गर्ने बढेपनि पूर्वी नाका भने ठप्प रहेको छ ।

झापाको बिर्तामोड लगायतका ठाउँमा ‘लक डाउन’ उल्लंघन गर्ने मोटरसाइकल चालक तथा सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । तर, काँकरभिट्टा नाकामा भने प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।

जिल्लाका विभिन्न स्थानमा अवज्ञा गर्ने ७ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नागरिकको धेरै भीडभाड हुने ठाउँमा शसस्त्र र जनपद् प्रहरीले सुरक्षा मजवुद बनाएको छ । प्रहरीले बजारमा भेटिएका केहि नागरिकलाई सम्झाएर घर पठाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘कतिलाई त सम्झौदा पनि र्टेदैनन्’, डिएसपी पोखरेलले भने ‘बजारमा जंगली जनावर ‘बाघ’ ल्याएर छोड्नु पर्छ जस्तो भइसक्यो । बजारमा बाघ नछोडेसम्म जनता नडराउने भए ।’

उनका अनुसार जंगलबाट ‘बाघ’ ल्याएर नछोडेसम्म मानिस घरबाट बाहिर ननिस्कने भए ।

नेपालका विभिन्न जिल्लाबाट भारत हिडेका सर्वसाधारण मेची भन्सार गेटमा अडकिएका छन् भने भारतबाट नेपाल आउँदै गरेका केहि नागरिकहरु मेची पुलमा अलपत्र परेकाछन् ।

डिएसपी पोखरेलले नेपालबाट भारत हिडेका यात्रुलाई रोकएको बताए । उनिहरुलाई काँकरभिट्टाका होटलहरुमा बस्न आग्रह गरेको उनको भनाई छ ।

त्यस्तै भारतबाट नेपाल आएका मेचीपुलमा रोकिएकालाई माथिको आदेश नआएसम्म भित्र पस्न दिन नमिल्ने उनले जानकारी दिए ।

सोमबार नाकामा रोकिएका सयौँ सर्वसाधारणलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले माथिको आदेश लिएपछि छोडिएको थियो । उनिहरुको नाम संकलन गरेर माथि पठाएपछि नाकाबाट साँझ नागरिकहरुलाई छोडिएको पोखरेलले बताए ।

तर, मङ्गलबारदेखि लागु भएको लकडाउनको हामीले वर्खिलाव गरेर नाकाका सर्वसाधारणलाई छोड्न नमिल्ने डिएसपी पोखरेलले स्पष्ट पारेका थिए । गृह मन्त्रालयको आदेश आएमा तत्काल छोड्न सकिने उनले बताए ।

झापामा सुरक्षाकर्मीले विभिन्न बिटबाट ‘लक डाउन’ लाई व्यवस्थित बनाउन तयारीका साथ खटिरहेका छन् ।

जिल्ला प्रहरी र त्यसका विभिन्न युनिटहरु सरकारको निर्णय लागु गराउन मुख्य सडक र चोकचोकमा प्रहरी सक्रिय भएर खटिएका छन् ।

झापाको दमक, झिलझिले, सुरुङ्गा, बिर्तामोड, बुधबारे, भद्रपुर, धुलाबारी, काँकरभिट्टा लगायतका बजार क्षेत्रमा प्रहरीले माइकिङ् गरेर सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपिल गरिरहेको छ ।

चीनको उहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणले नेपाललाई पनि अछुतो राख्न सकेन ।

नेपालमा बस्नेलाई भन्दा बाहिरबाट आएका नेपालीलाई यो संक्रमणले भेटेको छ । कोरोना भाइरसबाट नेपाल पनि सुरक्षित रहन सकेन ।

फ्रान्स र कतार लगायतका मुलुकबाट आएका नेपालीलाई संक्रमण देखिएपछि सरकार ‘लक डाउन’ को स्थितिमा पुगेको हो ।

सरकारले ‘लक डाउन’ गरेर घरबाहिर ननिस्कन गरेको अनुरोधलाई आम जनताले उल्लंघन गर्नु संक्रमण झन धेरै फैलिनु सरकारी अधिकारीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: