बजार खोल्ने, नखोल्ने जेठ २७ पछि टुङ्गो

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार २२:२५


मेचीनगर । झापाका सबै बजार खुलाउन आइतबार कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति, वाणिज्य संघका प्रतिनिधि र व्यवसायीबीच भद्रपुरमा छलफल भएको छ ।

व्यवसायीले निर्वाध रुपमा सबै व्यवसाय खुल्ला गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्ला स्तरीय समितिले केन्द्र सरकारको निर्देशनभन्दा विपरित बजार खोल्न नसक्ने जनाएको छ ।

समितिका संयोजक सोमनाथ पोर्तेलले सरकारको निर्देशन कार्यान्वयन गर्दै बजार खोल्न सकिने गरी तयार गर्न व्यवसायीलाई सूझाव दिएको बताए । झापा जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण जोखिमले बजार खोलिहाल्ने परिस्थिती नभएको बताएका छन् । उनले यो बेला सकेसम्म धैर्य गरेर आम नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।

व्यवसायी र वाणिज्य संघका प्रतिनिधिबीच व्यापक छलफल पछि बजार खुलाउन आवश्यक मोडालिटी तयार गर्ने गरी कार्यदल बनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा बनेको कार्यदलमा जिसस झापाका निमित्त प्रमुख गोपाल लिम्बू, बिर्तामोड नगरपालिकाका प्रशासन अधिकृत देवराज कार्की, व्यवसायीका तर्फबाट राजेन्द्र घिमिरे, जीतबहादुर कार्की र कुमार भट्टराई रहेका छन् ।

उनीहरुको कार्यदलले सरकारले तोकेको उद्योग व्यवसाय सञ्चालन गर्न सम्बन्धीत उद्योगसँग जोडिएका व्यवसाय समेत सञ्चालन गर्ने गरी मोडालिटी तयार गर्ने बुझिएको छ ।

व्यवसायी जिल्लास्तरीय समितिलाई पूर्ण रुपमा बजार खुल्ला गर्न दवाव दिइरहेका छन् । सो मोडालिटी अनुमोदन भएपछि झापाका बजार खुल्ला हुनेछ ।

सो मोडालिटी जिल्लास्तरीय समितिले अनुमोदन गरेमा बजार खुल्ने बताइएको छ । कार्यदललाई जेठ २७ गतेसम्मको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: