बढी मूल्यमा सामान बेच्ने कम्प्लेसलाई रु. २५ हजार जरिवाना

  प्रकाशित मिति
१८ बैशाख २०७७, बिहीबार १२:४५


भद्रपुर, १८ वैशाख । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेसलाई आज रु. २५ हजार जरिवाना गरेको छ ।

चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको कम्प्लेसले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

उपभोक्ताहरुले बारम्वार कम्प्लेसका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्य भन्दा बढीमा सामान विक्री गरेको गुनासो गरेपछि आज समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेसले तय गरेको मूल्यको दररेट, विल र खाता समेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताए ।

समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यस अघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँच वटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु. ३६ हजार जरिवाना गरेको थियो ।

सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालो बजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए । समितिले उपभोक्ताहरुलाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्न समेत आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: