बजार समिति अध्यक्षमा उत्तम

  प्रकाशित मिति
१० फाल्गुन २०७४, बिहीबार १४:०३


बाहुनडाँगी । माओवादी द्वन्द्वकालमा विस्थापित भएको साविकको बाहुनडाँगी–४ भृकुटी बजार फेरि लाग्ने भएको छ ।

२०४० सालमा स्थापना भएको यो बजार बाहुनडाँगीकै दोस्रो पुरानो बजार थियो । जसको संस्थापक अध्यक्ष दौलतविक्रम कार्की हुन् ।

माओवादीकालको समयमा सेना र माओवादी बीच भीडन्त हुँदा सर्वसाधारण मान्छेको मृत्यु भएपछि बजार बन्द भएको थियो । अहिले मेचीनगर–२ का स्थानीय बजारलाई सञ्चालन गर्न लागि परेका छन् ।

हरेक मङ्गलबार लाग्ने यो बजारलाई अब आधुनिक रुपमा सञ्चालन गर्ने योजनाका साथ उनीहरु लागि परेका हुन् । १० कट्ठा जग्गा समेत रहेको बजार व्यवस्थापन समितिले विभिन्न योजनाका साथ अघि बढ्ने तयारी गरेको स्थानीय युवा दिपक बरालले बताए ।

बजार सञ्चालन गर्नका लागि भृकुटीमा भएको भेलाले उत्तम सिठुङको अध्यक्षतामा भृकुटी बजार व्यवस्थापन समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा जगत घिमिरे, सचिवमा राजन बेडारी, सहसचिवमा पवित्रा अधिकारी, कोषाध्यक्ष उमा लुङ्गेली रहेका छन् ।

यसैगरी, सदस्यहरुमा दिपक बराल, कुमार आचार्य, गोविन्द चौहान, राम पुलामी, अनिता तामाङ, मित्रलाल गिरी चयन भएका छन् ।

यो समितिले बजार व्यवस्थापन गर्दै यसको उचित संरक्षणसहित आधुनिक बजारका रुपमा रुपान्तरण गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: