बढिभाडा लिएर जिल्लाभित्र सार्वजनिक यातायात कुदाउँन पाइने

  प्रकाशित मिति
२५ असार २०७७, बिहीबार १८:१२


मेचीनगर । मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न सरकारले अनुमति दिएको बताए ।

अन्य जिल्लामा भने जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ । चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने व्यवस्था गरिएको छ ।

यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने सरकारले जनाएको छ । एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने जनाइएको छ ।

यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । ट्याक्सी बाहेकका अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था गरिएको छ ।

कहिलेदेखि लागू हुने भनेर नखुलाइए पनि सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सक्ने सवारी साधनले तत्काल सेवा शुरु गर्न सक्ने मन्त्री खतिवडाले बताए ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: