बद्नाम होटल नै छल्छन् कर

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार ०९:४९


h 1विर्तामोड, ३ असार । झापामा पछिल्लो समय होटल व्यवसाय फस्टाउँदै गएको छ । होटल तथा लज खुल्नेव्रmमसँगै विकृति पनि बढेको हो ।

सरकारी नियम पालना नगर्दा होटल व्यवसायमा विकृति बढेको मात्र छैन, सुरक्षा खतरा उत्तिकै रहेको छ । झापामा साना–ठ्ुला गरी एक हजार होटल सञ्चालनमा छन्् । ती मध्ये पाँचसय जतिले कर छलिरहेका छन् । त्यस्ता राजस्व छली गर्ने होटललाई करको दायरामा ल्याउन लागिएको होटल व्यवसायी सङ्घ झापाले जनाएको छ ।

गैरकानूनी सञ्चालित त्यस्ता होटलमा हुने गलत गतिविधि नियन्त्रण गर्न प्रहरीलाई समस्या हुने गरेको छ । विषेश गरी कर छल्ने त्यस्ता होटलहरुमा यौनजन्य गतिविधि हु्ने गरेको हो । जसले गर्दा होटल व्यवसाय बद्नाम भएको छ ।

सुरक्षाको दृष्टिले विर्तामोड बसपार्क क्षेत्र संवेदनशील मानिन्छ । बसपार्कमा सञ्चालित होटलमा ग्राहक बास बस्न मान्दैनन् । यौनजन्य गतिविधिसँगै हत्यासम्मका घटना भएकाले ग्राहक बास बस्न डराउने गरेका छन् । विर्तामोडमा मात्र ७ सय वटा साना–ठुला होटल सञ्चालनमा छन् । होटल व्यवसायमा विकृति बढेको जनगुनासो चुलिएपछि त्यसलाई रोक्न होटल व्यवसायी लागि परेका छन् ।

होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीले होटल व्यवसायमा हुने गरेको विकृति निरुत्साहित गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिए । ‘होटल तथा लजहरु खुल्नेव्रmम बढिरहेको छ, उनले भने, ‘विकृति छ, यसलाई हटाउन हामी लागिरहेका छौंँ ।’ उनका अनुसार जिल्लामा ५ सयभन्दा बढी होटल करको दायरामा आएका छैनन् । त्यस्ता होटललाई कानुनी दायरामा ल्याउन सङ्घले पहल गरिरहेको उनको भनाई छ ।

होटल व्यवसायलाई व्यवस्थित गर्न हरि मैनालीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ । व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गराउनका लागि कडाइका साथ अभियान सुरु गरिएको उनले बताए । समितिले प्रत्येक होटलका कर्मचारीलाई अनिवार्य परिचयपत्रको व्यवस्था मिलाउनेछ । ८ वटा होटलका कर्मचारीलाई परिचयपत्र वितरण गरिसकिएको सङ्घले जनाएको छ । यसअघि परिचयपत्र लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।

‘परिचयपत्र वेगरका कर्मचारीलाई अब काम गर्न दिइने छैन, उप्रेतीले भने, ‘यसले पनि केही हदसम्म विकृति रोक्न सहयोग पुर्याउँछ । कर्मचारीको बिमाको व्यवस्था गर्न पनि सङ्घले पहल गरिरहेको छ । होटलमा यौनजन्य गतिविधि भइरहेको गुनासो आएपछि सङ्घले सामुदायिक प्रहरीको महिला सेल गठन गरेर छड्के अनुगमन गर्दै आएको छ । तर, पनि होटलमा त्यस्ता गतिविधि रोकिएको छैन ।

होटल व्यवसायीमाथि प्रहरीले बेला–बेला दुःख दिने गरेको व्यवसायीको गुनासो छ । होटलमा आएका भारतीय ग्राहकलाई प्रहरीले धम्क्याउने गरेको अध्यक्ष उप्रेतीले आरोप लगाए । तर, प्रहरीले त्यस्तो काम नगरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी खड्गबहादुर खत्री होटल व्यवसायमा विकृति बढेकाले त्यसलाई रोक्न प्रहरी सव्रिmय रहेको बताउँछन् । उनले सूचनाका आधारमा र बेलाबेला छड्के अनुगमन गरी यौनजन्य गतिविधिमा संलग्नलाई पव्रmाउ गरिएको बताए । पव्रmाउ गरिएका कतिपय युवतीलाई अभिभावक बोलाएर जिम्मा लगाउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: