बन्दको विरोधमा युवा

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार १६:५३


p

झापा । शान्ति, निकास, विकास र विचारको मूल नारासहित स्थापित सामाजिक संगठन “नयाँ शक्ति नेपाल घनश्याम नेतृत्वको झापा जिल्ला समन्वय समितिका साथै स्थानीय युवाहरूको सहभागितामा आयोजित बन्द विरुद्ध युवा एकताको प्रथम प्रयास सम्पन्न भएको छ।

झापाको बुधबारेबाट धाईजन,चारआली,बुट्टाबारी हुँदै बिर्तामोड मुक्तिचोकसम्मको यात्रा पूरा गरी शनिश्चरे, जयपुर हुँदै पुनः बुधबारे आएर उक्त शान्तिपूर्ण र्यालीले कोणसभा गरेको थियो।

उक्त कोणसभामा नयाँ शक्ति नेपालका वक्ताहरूले आउँदा दिनहरूमा अझ सशक्त ढंगले राष्ट्रव्यापी रुपमा बन्दको विरोध गर्ने जानकारी दिँदै युवा एकताका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए युवाहरुले श्रमजीवीहरुको श्रम नखोसौँ, बन्द मुक्त समाजको निर्माणमा सहयोग गरौँ। ,बन्दले देश बन्दैनबन्दलाई सधैंका लागि बन्द गरौं,बन्द समस्याको समाधान होइन, यसको अवज्ञा गरौं लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: