कनकाई नगरमा एमालेको शानदार जित

  प्रकाशित मिति
१९ असार २०७४, सोमबार २२:०३


rajendra

कनकाई । कनकाई नगरपालिकाको मेयरमा राजेन्द्र पोखरेल (८४१६ मत ) प्राप्त गरी बिजयी भएका छन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेद्वार एकराज उप्रेतीले ६१९५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै मञ्जु प्रसाई (८५७६ मत ) विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकी कविता बस्नेतले ६५७९ मत ल्याएकी छन् ।
२५ हजार ७२७ मतदाता रहेको कनकाई नगरमा १९ हजार २०२ मत खसेको थियो । जसमध्ये १ हजार ९१५ मत बदर भएको छ ।

वडाहरुमा एमालेकै वर्चस्व कायम भएको छ । वडा नं. १ मा एमालेका रोशन सुबेदी (८७७) विजयी भएका छन् भने वडा नं. २ मा७३७ मत प्राप्त गरी एमालेकै परशुराम गिरी विजयी भएका छन् ।

वडा नं. ३ मा नेपाली काङ्ग्रेसका रुद्र चिमरिया (१९१९) विजयी भएका छन् । वडा नं.४ मा एमालेका गोविन्द पौडेल (९०३) र वडा नं. ५ मा पनि एमालेकै कृष्ण राई (१२६८) मत ल्याएर बिजयी भएका छन् ।

वडा नं. ६ मा काङ्ग्रेसका लक्ष्मीप्रसाद ओली (४४८), वडा नं. ७ मा एमालेका लीला कन्दङ्वा (८४०), वडा नं. ८ मा एमालेका प्रेमप्रसाद कटुवाल (७७५) र वडा नं. ९ मा काङ्ग्रेसका प्रेम राजबंशी (८४५) विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: