‘बन्दमुक्त पहिचानमा एक ढिक्का छौँ’

  प्रकाशित मिति
१६ फाल्गुन २०७२, आईतवार ०५:२७


कनकाई । कनकाई नगरका प्रमुख राजनीतिक दल तथा नागरिक समाजका विभिन्न २२ वटा सङ्घ संस्थाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै सुरुङ्गाको ‘बन्दमुक्त शान्ति क्षेत्र’को पहिचानलाई कायम राख्न एक ढिक्का रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही दिन अघि नापतौल तथा गुणस्तर विभागका निर्देशकसहितको अनुगमन टोलीले सुरुङ्गास्थित दुई पेट्रोल पम्पमा कार्वाही चलाएको विषयलाई लिएर उत्पन्न असहज परिस्थितिका सन्दर्भमा शुव्रmवार सर्वपक्षीय बैठकको निर्णय बमोजिम दल तथा नागरिक समाजका प्रतिनिधि संस्थाहरूले जुनसुकै परिस्थितिमा समेत ‘बन्दमुक्त पहिचान’ धरमराउन नदिने विज्ञप्ति जारी गरेका हुन् ।

स्थानीय राजनीतिक दलहरूको तर्फबाट साझा विज्ञप्ति जारी गर्नेहरूमा नेपाली काङ्ग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया, नेकपा एमालेका नगर अध्यक्ष कोमलप्रसाद पन्त, एकीकृत नेकपा माओबादीका नगर संयोजक लक्ष्मीप्रसाद गुरुङ, राप्रपा नेपालका नगर अध्यक्ष खेमराज कार्की, नेकपा मालेका नगर सचिव भीष्म मैनाली, नेकपा व्रmान्तिकारी माओबादीका नगर इञ्चार्ज पुण्य शिवाकोटी र नेपाल लिम्वुवान राष्ट्रिय पार्टीका नगर अध्यक्ष हविर थुलुङ राई रहेका छन् ।

त्यसैगरी, विज्ञप्तिमा कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज सङ्ग्रौला, नेपाल आदिवासी जनजाति महासङ्घका नेता हिम्मत नेम्वाङ, कनकाई सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद चिमरिया, लायन्स क्लव अफ कनकाईका अध्यक्ष लीलाप्रसाद चिमरिया र सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल रहेका छन् ।

दुर्गापुर बजार व्यवस्थापन समितिका अध्यक्ष रमेश श्रेष्ठ, ज्येष्ठ नागरिक समाजका नगर अध्यक्ष पुण्य बाराकोटी, ज्ञानज्योति युवा क्लवका अध्यक्ष छवि थपलिया, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेती, कनकाई महिला उद्यमी विकास समितिकी अध्यक्ष कविता बस्नेत, कनकाई विहानी क्लवका अध्यक्ष मनोज बस्नेत, सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेल, नेपाल तरुण दलका नगर अध्यक्ष तुलसी विमली, होटल व्यवसायी सङ्घका क्षेत्रीय अध्यक्ष होम विमली र सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष राजकुमार कट्टेलले समेत विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

पवित्रा आयल ट्रेडर्स र मातृ आयल पम्पमा शिलबन्दी र त्यसपश्चात विकसित परिस्थितिका विषयमा स्थानीय राजनीतिक दल, कनकाई उद्योग वाणिज्य सङ्घ, व्रिmयाशील सङ्घ संस्थाहरू, बुद्धिजीवी, नागरिक समाज आदिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिको निष्कर्षमा भनिएको छ–‘लामो समयदेखि कामय रहेको बन्दमुक्त शानित क्षेत्र सुरुङ्गाको पहिचानलाई निरन्तरता दिन आम नगरबासी उक ढिक्का छौँ र सदैव एक ढिक्का भई उभिइरहने दृढताका साथ हामी सामूहिक प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा सुरुङ्गामा पम्प प्रकरणलाई लिएर केहीवेर राजमार्ग अवरुद्ध गरिएको भन्ने विषयमा समेत धारणा सार्वजनिक गरिएको छ ।
पम्प शिलबन्दी भएका बेला तेल नपाएका ‘ट्याक्टर चालकहरूले झोँकमा आएर जथाभावी पार्किङ गर्दा केही मिनेट राजमार्ग अवरुद्ध हुन पुगेको’ स्वीकार गर्दै विज्ञप्तिमा तेलको माग राख्दा केहीवेर असहज जस्तो देखिएको विषयलाई केही सञ्चार माध्यमले भ्रम फैलिने समाचार सम्प्रेषण गरेको गुनासो गरिएको छ ।

पम्प सञ्चालकहरूलाई कानूनले निर्देशित गरेको प्रव्रिmया पूरा गरेर मात्र आफ्नो व्यवसाय सञ्चालन गर्न र आम उपभोक्ताहरूलाई मापदण्ड अनुसारको तेल वितरण गर्न अनुरोध गर्दै विज्ञप्तिमा कसैले मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको व्यवसायी आफै भागिदार हुनु पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: