बन्दाबन्दीमा काँग्रेस नेता सिटौलाको छोराको विहे

  प्रकाशित मिति
१६ बैशाख २०७७, मंगलवार १४:४०


स्थानीय सरकारलाई दिए ५ लाख

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाले आफ्नो विवाह भोजको खर्च कटाएर कोरोना रोकथाम कोषका लागि स्थानीय सरकारलाई ५ लाख सहयोग गरेका छन् ।

काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व उपप्रधान सिटौलाका छोरा श्यामले आफ्नो विवाह भोजको खर्च कटाएर कोरोना रोकथाम कोषका लागि स्थानीय सरकारलाई उक्त रकम सहयोग गरेका हुन् ।

श्यामले नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ मार्फत उक्त क्षेत्र भित्र रहेको एक नगरपालिका र ३ वटा गाउँ पालिकाका लागि १÷१ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेका थिए ।

यस्तै विवाह भोजको दिन पारेर श्यामले आफ्नो निवासको भद्रपुर–१० नम्बर वडा र पूरानो निवास स्थान बिर्तामोड–१० नम्बर वडा कार्यालयलाई पनि ५०÷५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।

यही बैशाख १४ गते बिर्तामोड निवासी मनिषा विमलीसँग विवाह बन्धनमा बाँधिएका श्यामले कोरोना संक्रमण त्रासका कारण बन्दाबन्दी भएपछि दैनिक ज्यालादारीमा जीविका चलाउनु पर्ने अति विपन्न परिवारका व्यक्तिलाई खाद्यन्न जुटाएर वितरण गर्न स्थानीय सरकारलाई रकम सहयोग गरेको जानकारी दिए ।

भद्रपुर नगरपालिकाबाट सुरू भएको आर्थिक सहयोग वितरण कार्यक्रम कचनकवल, हल्दिवारी हुँदै बाह्रदशीमा टुङ्गिएको थियो ।

कार्यक्रममा क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमली, जिल्ला सदस्य विजय रिजाल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, शिक्षक संघका सचिव योगेन्द्र पौडेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: