बन्दाबन्दीले शिक्षा क्षेत्रमा पारेको प्रभाव

  प्रकाशित मिति
१४ बैशाख २०७७, आईतवार २०:०१


‘लकडाउनको समस्या झेलिरहेका विद्यार्थीहरुलाई परीक्षाको हाउगुजी देखाएर थप भय सिर्जना गर्न नहुने उनीहरुको तर्क छ ।’

 

कोरोना भाइरसको त्रासका कारण अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । कोरोना संक्रमण न्यूनिकरणका लागि लकडाउन नभएको भए यति बेला विद्यालय तहका विद्यार्थीहरु माथिल्लो कक्षाको नयाँ किताब बोकेर विद्यालय गइरहेका हुन्थे ।

तर विडम्वना, विषम परिस्थितिमा उनीहरुले आफु पास वा फेल के भएँ भन्ने समेत थाहा पाउन सकेका छैनन् । केहि ठाउँमा त विद्यार्थीहरुले सबै विषयको परीक्षा नै लेख्न पाएका छैनन् । छुटेको परीक्षा कहिले हुने या नहुने भन्ने कुराले उनीहरु बढी चिन्तित छन । बन्दाबन्दी (लकडाउन) ले विद्यालय जाने उमेरका करीव ७० लाख बालबालिकाहरु अहिले घरमा छन । एक महिना भन्दाबढी समयसम्म परीक्षाको नतिजा रोकिदा विद्यार्थीहरुमा बेचैनी बढेको छ ।

अर्कोतर्फ माध्यमिक शिक्षा परीक्षा एसईई अन्यौलमा छ । सम्पूर्ण तयारी गरीसकेका विद्यार्थीहरु अचानक रोकिएको यो परीक्षा कहिले हुने भन्नेमा चिन्तित छन् । त्यसैगरी कक्षा–११ र १२ को परीक्षा दिने तयारी गरीरहेका विद्यार्थीहरुको पिडा समेत उस्तै छ ।

कोरोनाको त्राससँगै थपिएका यी समस्याले विद्यार्थीहरु चिन्तित बनेका छन । लकडाउन लम्बिदै जादा छिमेकी मुलुकमा परीक्षा नै नलिइ सबै विद्यार्थीहरुलाई पास गरीएको खवरले एसईई तयारी गरीरहेका विद्यार्थीहरुमा अन्यौलता छाएको छ ।

शिक्षाविदहरु पढाइमा भन्दा सिकाइमा जोड दिनु पर्ने भन्दै ३ घण्टाको परीक्षाले उनीहरुले बर्ष भरि सिकेका कुराहरु मूल्याङ्कन गर्न नसकिने बताउछन् । लकडाउनको समस्या झेलिरहेका विद्यार्थीहरुलाई परीक्षाको हाउगुजी देखाएर थप भय सिर्जना गर्न नहुने उनीहरुको जोड छ ।

यसैबीच मेचीनगर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई नगर शिक्षा शाखाले यहि बैशाख १८ गते सम्ममा नतिजा प्रकाशन गरी सक्न परीपत्र गरेको छ ।

शाखाले सुरक्षाका उपाय अवलम्बन गरी सूचना पाटीमा टासन्, फेसबुक पेज, आमा समुह लगायतका सहज माध्यमको उपयोग गरी नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी केही विद्यालय र पालिकाहरुले समेत नतिजा प्रकाशन कार्य सुरु गरेकाले विद्यार्थीहरुले राहत महशुस गरेका छन । अन्य विद्यालय र पालिकाहरुले समेत सुरक्षाका उपाय अवलम्बन गर्दै नतिजा प्रकाशन गर्नेतर्फ लाग्दा राम्रै देखिन्छ ।

कोरोनाको त्रास कहिले सम्म रहन्छ भन्ने यकिन छैन । लकडाउन खुलेपनि तत्काल विद्यालय खुल्ने अवस्था देखिदैन । यस्तो अवस्थामा नयाँ शैक्षिक सत्र कहिले सुरु हुने हो, त्यो पनि अन्योल नै छ ।

कोरोनाको प्रभाव अझै केहि समय रहने हो भने शैक्षिक सत्र र आर्थिक बर्ष एउटै हुनुपर्छ भन्नेहरुको माग पनि पूरा नहोला भन्न पनि सकिदैन ।

नयाँ शैक्षिक सत्र केहि समय ढिलो हुँदा बर्ष भरी हुने लामो तथा छोटा विदाहरुको व्यवस्थापन तथा उपभोग गरी पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ । तर, लामो समयसम्म बन्दाबन्दी रहने हो शैक्षिक सत्रमा नै असर पुग्न सक्छ ।

यसतर्फ हामी सबै गम्भिर बन्नै पर्छ । वैकल्पिक योजना निर्माण गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी देखिन्छ । अहिलेको अवस्थामा विश्वमा अभ्यास गरिएका शिक्षण सिकाइ र मूल्याङ्कन पद्दतिहरुलाई प्रयोगमा ल्याउनुको विकल्प छैन ।

सरकारले अहिलेसम्म कहिले र कसरी नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भन्ने निर्णयमा पुग्न सकेको अवस्था छैन । शिक्षा मन्त्रालयका अधिकारीहरु विकल्पका विषयमा छलफल भइरहेको बताइरहेका छन ।

वर्तमान आपतकालीन अवस्थामा अनलाइन कक्षा सञ्चालनको कुरा सर्वत्र चर्चामा छ । केहि शिक्षण संस्थाहरुले यसलाई अलम्वन गर्न समेत सुरु गरेका छन । तर, हाम्रो जस्तो इन्टरनेटको पहुँच कम भएको अनि सुस्त गतिको इन्टरनेटबाट काम चलाइ रहेका मुलुकमा अनलाइन कक्षाको प्रभाव सोचे जस्तो नहुन सक्छ ।

त्यस्तै डेक्सटप कम्प्यूटर, ल्यापटपको प्रयोग न्यून हुने हाम्रो देशमा केहि समस्या अवस्य हुनेछ । अर्कोतर्फ न्यून आय भएका अभिभावकरुले सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत आफ्ना नानीहरुका लागि महङ्गो शुल्क तिरेर इन्टरनेट सेवा लिन समस्या देखिन्छ । इन्टरनेट सेवा लिन नसक्दा उनीहरुको पढाइ छुट्छ ।

त्यसले अर्को समस्या निम्त्याउछ । त्यसकारण सबैको पहुँच हुने टेलिभिजन, एफएम रेडीयो लगायतका वैकल्पिक माध्यमहरुलाई समेत प्रयोग गर्नु आजको अपरिहार्य आवश्यकता देखिन्छ ।

विश्व थापा

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: