बन्दीका छोराछोरीले पढ्ने विद्यालयमा न्यानो कपडा वितरण

  प्रकाशित मिति
२७ कार्तिक २०७६, बुधबार ०७:५७



भद्रपुर । बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत् तीन सय विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गरेकी छन् ।

कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ जना सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, भाडामा रिक्साभेन चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरी छन् ।

वल्र्ड चिल्ड्रेन पुरस्कारबाट सम्मानित समाजसेवी रानामगरले मङ्गलवार विहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो स्वीटर लगायतका शैक्षिक सामग्री वितरण गरेकी थिइन् । ती सामानहरु हङकङका नोर्वु शेर्पाले सौजन्य गरेको उनले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इन्दिरा रानामगर, विद्यालयका संस्थापक जगत रानामगर, वडा सदस्य मोहन योगी, समाजसेवी गणेश ढुङ्गाना लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: