बन्दी बालकलाई आवास

  प्रकाशित मिति
२३ कार्तिक २०७३, मंगलवार १०:४४


indira

बुट्टाबारी । शनिअर्जुन–९ सालबारीमा बन्दीबाल गृह सञ्चालनम आएको छ ।

बन्दी सहायता नेपालको संयोजनमा बाल गृह सञ्चालनमा ल्याइएको हो । सो बालगृह निर्माणका लागि बन्दी सहायता नेपालले २ कठ्ठा जग्गा खरिद गरेको थियो भने आधा कठ्ठा जमिन स्थानीय समाजसेवी हस्तबहादुर परिवारले संस्थालाई दान गरेका थिए ।

बन्दी जीवन बिताउँदै आएका बालाबलिकालाई सो आवासमा आश्रय दिइन्छ ।

२० लाख रुपैयाँको लागतमा निर्माण भएको सो बाल गृह चार कोठे रहेको छ । जसमा १२ जना बन्दी बालक बस्न सक्ने क्षमता रहेको बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगतबहादुर तामाङले जानकारी दिए ।

बालगृह निर्माणका लागि उक्त रकम लक्जेम्वर्गका नागरिक पावल र मिसेलले त्यहाँको एनजिओमार्फत् उपलब्ध गराएका हुन् ।

34

सोमबार बालगृहमा आयोजित छलफल कार्यव्रmममा ती विदेशी दाताहरुलाई सम्मान गर्दै बालगृह सञ्चालनमा ल्याइएको जानकारी दिइयो । बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा राना मगरले नमुना बस्ती बनाउने उद्देश्य अनुरुप बालगृह निर्माण गरिएको बताइन् ।

यस्तै प्रकृतिको बालगृह पाल्पा र साँखुमा निर्माण गरिसकिएको उनले जानकारी दिइन् । इन्दिरा लामो समयदेखि बन्दी जीवन बिताइरहेका बालबालिकाको क्षेत्रमा कार्यरत छिन् । कार्यव्रmममा बन्दी सहायता नेपालका पूर्वाञ्चल उपाध्यक्ष अर्जुन थेबेले बन्दी बालगृह निर्माणका लागि सहयोग दाताहरुप्रति आभार व्यक्त गरे  ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: