बन्दी भेट्न भुटान जाँदै शरणार्थी

  प्रकाशित मिति
७ माघ २०७२, बिहीबार ११:३८


दमक । नेपाल रेडक्रस सोसाइटी झापामार्फत अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा यही माघ महिनामा ४० जना भुटानी शरणार्थी भुटानको केन्द्रीय कारागारमा रहेका बन्दी आफन्त भेट्न जाने भएका छन् ।

रेडक्रस झापा शाखाका इन्चार्ज केदार महतका अनुसार अन्तर्राष्ट्रिय रेडक्रसले भुटानी जेलमा रहेका भुटानी राजबन्दीसँग शरणार्थी शिविरस्थित उनीहरूका आफन्तलाई भेट्न दिने तयारी पूरा भएको छ ।

भेट्ने प्रवन्ध मिलाइदिन परेका निवेदनमध्ये दशवटा स्वीकृत भएको बताइएको छ । त्यस्ता बन्दीलाई भेट्न जाने भुटानीलाई जनही चार हजार रुपैयाँ बाटो खर्च उपलब्ध गराउनुका साथै एकपटकमा एकजना बन्दीका चार आफन्तलाई यो सुविधा प्राप्त हुने जनाइएको छ ।

चेम्गङ केन्द्रीय कारागारमा नेपालमा शरणागत भुटानीका २८ बन्दी आफन्त रहेको बताइएको छ । बन्दीआफन्त भेट्न जाने शरणार्थीले भुटानको थिम्पु नजिकैको चेम्गङ केन्द्रीय कारागारमा बन्दी आफन्तसँग दुई दिनसँगै बस्नसमेत पाउनेछन् । बितेको दुई दशकभन्दा अघिदेखि भुटानी शरणार्थीका लागि अन्तर्राष्ट्रिय रेडक्रसले पारिवारिक सम्पर्कको पुनःस्थापना कार्यक्रमअन्तर्गत यो सेवा नियमित गर्दै आएको पनि नेरेसो झापाले जनाएको छ ।

पूर्वी नेपालमा तेस्रो मुलुकमा पुनर्वासको पर्खाइमा रहेका भुटानी शरणार्थीले भुटानका जेलमा रहेका बन्दीआफन्तसँग बिदा माग्ने अवसरका रूपमा यस्तो भेटघाटलाई उपयोग गर्ने गरेको बताइन्छ । कम्तीमा २०० जना नेपाली मूलका भुटानीलाई बन्दी बनाइएको अनुमान छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: