बन्दै गरेको पोखरीमा डुबेर किशोरको मृत्यु

  प्रकाशित मिति
२२ बैशाख २०७६, आईतवार १८:२६


मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नंं ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईको मृत्यु भएको छ ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवर्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिवार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

छ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाई बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटना बारे जानकारी दिएका थिए ।

खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शबलाई पोखरीबाट बाहिर निकालेको थियो । मृतकका बुवा भानु प्रसाई मेचीनगर नगरपालिकाका पूर्व नगर प्रहरी हुनुहुन्छ ।

समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक बन क्षेत्रमा सिमसार विकास गर्न दुईवटा पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्मार्णाधीन पोखरीमा बन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि बन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: