बन्ने भो गन्धर्वको घर

  प्रकाशित मिति
१ पुष २०७२, बुधबार ११:३२


gandarva 1

विर्तामोड । वुट्टावारीको सडक पेटीमा वस्ने गन्धर्व परिवारका लागि घर निर्माण सुरु गरिएको छ ।

विर्तामोडका व्यवसायी तथा रोटरी क्लवका निवर्तमान अध्यक्ष सुरेश वंशल, वुट्टावारीका सामाजिक अगुवा रामकुमार कन्दङ्वा, अगुवा महिला कृष्णा चौधरी र स्थानीय जगत राईले गन्दर्भको घर संयुक्त रुपमा शिलान्यास गरे ।

केही दिन अघि लोकतन्त्र पोस्ट दैनिकले ‘कहिले बन्ला यिनको घर’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विर्तामोडको रोटरी क्लव र त्यसका तत्कालिन अध्यक्ष सुरेश वंशलले घर निर्माणका लागि ५० हजार उपलव्ध गराएका छन् ।

घर निर्माणको अगुवाई युथ एक्सन नेपाल झापाका इन्चार्ज दिपक दास र पत्रकार विशाल नेम्वाङको टोलीले गरेको छ । ‘घर वनाउन हामीले स्वयमसेवक खटाएका छौ’, दासले भने ।

पुस महिना भित्रमा दुई कोठे पक्की घर निर्माण हुने पत्रकार नेम्वाङले जानकारी दिए । घर निर्माणका लागि ५० हजार रुपैया“ पर्याप्त नहुने वताउने नेम्वाङले अन्य दाता तथा संघ संस्थाहरुलाई सहयोगका लागि आग्रह गरिरहेको बताए ।

‘तपाईहरुको सानो सहयोगले गन्दर्भ परिवारले घर पाउने छ’, नेम्वाङले भने,‘सहयोगका लागि सवैलाई अनुरोध छ ।’ घर निर्माणका लागि व्रmसर व्यवसायी शेरवहादुर थापा, केदार गिरीलगायतले सहयोगको आश्वासन दिएका छन् । विर्तामोड नगरपालिकाले शौचालय वनाइदिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: