बन्ने भो ‘चन्द्रगढी सिमसार’

  प्रकाशित मिति
१३ पुष २०७३, बुधबार १४:२८


????????????????????????????????????भद्रपुर । सदरमुकामबाट सबैभन्दा नजिक रहेको चन्द्रगढी सिमसार विकास तथा प्रबर्धन परियोजना (चन्द्रगढी सिमसार)को शुक्रवार वन मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले विधिवत शिलान्यास गरेका छन् ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने निचाझोडा जङ्गलको १६ हेक्टरमा ‘चन्द्रगढी सिमसार’को महत्वाकांक्षी परियोजना सुरु गरेको हो ।

५ करोडभन्दा बढी लागतमा सम्पन्न हुने परियोजनामा सिमसारलाई व्यवस्थित गरी मुलुककै नमुना पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

????????????????????????????????????
बन सचिव पौडेल र अध्यक्ष भट्टराई

साहसिक परियोजना ः बन सचिव पौडेल
भावी सन्ततिकै लागि ः अध्यक्ष भट्टराई
सहयोग गर्न तयार ः भद्रपुर नगरपालिका

परियोजनामा नौका विहार गर्न सकिने ठूला जलाशय, पिकनिक स्पट,भ्यू टावर, वन्य जन्तु संरक्षण गृह (मिनी जु), वाकिङ गर्ने (पैदल) ट्रयाक, बाल उद्यान लगायतका विभिन्न आकर्षक एवम् मनोरम स्थल निर्माण गरिने भनिएको छ ।

चन्द्रगढी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले भावी सन्ततिहरूको उज्जवल भविष्य निर्माण नै परियोजनाको मुख्य लक्ष्य भएको उल्लेख गर्दै जल, जमिन र जङ्गल जस्ता पर्यावरणीय सम्पदाको संरक्षण र पर्यटकीय प्रबर्धन गरेर समुदायलाई सुखी र समृद्ध बनाउन लागिएको बताए ।

उनले सबै राजनीतिक दल, सरकारी निकाय र उपभोक्ता सदस्यहरूको एकताबद्ध सहकार्यबाट मात्र परियोजना सफल बन्ने बताउँदैै बन मन्त्रालय र भद्रपुर नगरपालिकाबाट विशेष सहयोग पाउने अपेक्षा समेत गरेका छन् ।

समूहमा २ हजार ८१ घरधुरी आवद्ध रहेको र हरेक परिवारले ५ वर्षसम्म हरेक वर्ष दुई खेताला अर्थात एक हजार रुपैयाँ बराबरको लगानी परियोजनामा गर्न मञ्जुरी जनाएको समेत अध्यक्ष भट्टराईले बताए ।

प्रमुख अतिथि एवम् बन मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले भूमिपूजा गरी सिमसार क्षेत्रमा शिला राखेर परियोजनाको शिलान्यास गरेका थिए ।

प्रमुख अतिथि डा. पौडेलले चन्द्रगढी सामुदायिक बनले पर्यापर्यटनको प्रबर्धनका लागि थालेको काममा सरकारको तर्फबाट प्राथमिकताका साथ आर्थिक तथा अन्य सहयोग रहने जनाउँदै अध्यक्ष दुर्गा भट्टराईले आफ्ना लागि नभएर भावी पीढीका लागि साहसिक रुपमा ल्याएको यस्तो परियोजना अरु जिल्लाका लागि अनुकरणीय भएको सुनाए ।

उनले जामुनखाडी सिमसारले पर्यटकलाई गरिरहेको आकर्षण नमुनायोग्य भएको भन्दै अब बन्ने सिमसारहरूले त्योभन्दा पृथक योजना बनाउन सुुझाव दिएका थिए ।

भूसंरक्षण कार्यालयमार्फत तत्काल २ लाख रुपैयाँ चन्द्रगढी सिमसार निर्माणमा खर्च हुने गरी बजेट विनियोजन गर्ने उनले कार्यक्रमबाटै घोषणा गरेका थिए ।

भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले सिमसारलाई सघाउन नगरपालिका सदैव तयार रहेको जनाउँदै सदरमुमका नजिक रहेको यस सिमसार लोकप्रिय हुने चर्चा गरे ।

जिल्ला बन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले झापा जिल्लालाई सामुदायिक बन र पर्यापर्यटनको जिल्लाको रुपमा मुलुकभर चिनाउने अभियान सुरु भइसकेको उल्लेख गर्दै जामुनखाडी सिमसारले त्यसको अगुवाई गरिरहेको बताए ।

चन्द्रगढी सामुदायिक बनका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको सभापतित्व र उपाध्यक्ष चुडामणि मैनालीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा क्षेत्रीय बन निर्देशक राजेन्द्र काफ्ले, पुहाँतु जनज्योति माविका प्रअ शिवराम लुइँटेल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोविन्द लम्साल, नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ का सभापति गणेश पोखरेल, नेकपा एमालेका भद्रपुर नगर इञ्चार्ज तथा पूर्व प्रधानमन्त्री केपी ओलीका तत्कालीन

राजनीतिक सल्लाहकार असारु राजबंशी, नेकपा माओबादी केन्द्र भद्रपुरका इञ्चार्ज हेम भण्डारी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णचन्द्र पौडेल, विशिष्ट अतिथि क्षेत्रीय बन निर्देशक राजेन्द्र काफ्ले र स्थानीय राजनीतिक दलका प्रमुख तथा बुद्धिजीवीलाई महत्वपूर्ण सहयोग र सल्लाह दिएको भन्दै ढाका टोपी, दोसल्ला र अविरले सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सन्तोष पोखरेलले गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: