बन्यजन्तुको शिकार गर्ने मनिष भरुवा बन्दुकसहित पक्राउ

  प्रकाशित मिति
२२ पुष २०७७, बुधबार ०८:०९



भद्रपुर, २२ पुस । कचनकवल गाउँपालिका–७ मा रहेको पाथीभरा सामुदायिक वनमा बन्यजन्तुको शिकार खेल्दै गरेको अवस्थामा दुई थान भरुवा बन्दुकसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही वडाको खुट्टामारी बस्ने ३२ बर्षीय मनिष माङमु रहेको सशस्त्र प्रहरी नेपाल नम्बर २ गणको हेडक्वाटरले जनाएको छ ।

उनलाई विशेष सूचनाका आधारमा पाठामारी र पृथ्वीनगर विओपीबाट गएको सशस्त्र प्रहरीले मङ्गलबार दिउँसो पक्राउ गरेको हो । बन्यजुन्तको शिकार गर्नका लागि उनका साथमा रहेको ट्रल्ली छ थान, केप आठ थान, गोलीका छर्रा आठ थान पनि बरामद गरेको छ ।

उनलाई थप अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा सशस्त्र प्रहरीले बुझाएको जनाएको छ । ––

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: