बन्ला त एक वर्षभित्रमा मेची पुल !

  प्रकाशित मिति
२८ भाद्र २०७३, मंगलवार १३:२३


untitled
भद्रपुर । झापाको भद्रपुर र भारतको गलगलिया जोड्ने बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य अब छिट्टै पूरा हुने भएको छ ।

लगभग ८० प्रतिसतमाथि निर्माण कार्य पूरा भएकाले पुल छिट्टै निर्माण सम्पन्न हुने भएको हो । झापाको सदरमुकाम भद्रपुरलाई भारतको गलगलियासंँग जोड्ने पुलको निर्माण कार्य २०६६ माघ २१ गतेबाट तिन वर्षमा निर्माण पूरा गर्ने गरी सुरु भएको भएपनि पटक–पटकको म्याद थपपछि अबको १ वर्षभित्रमा पूरा हुने सम्भावना बढेर गएको छ । नेपाललाई बङ्गलादेशसँंग जोड्न छोटो दूरीमा समेत योगदान पुर्याउने यो पुल निर्माणमा ढिलाइ हुनुमा निर्माणस्थल खाली गर्न सरकार असक्षम हुनु मुख्य समस्या रहेको निर्माण कम्पनीको भनाइ छ ।

पाँच सय साठी मिटर लम्बाई तथा दश मिटर चौडाई रहेको यो पुलको १७ वटा पिलर मध्ये १५ वटा पिलरको निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी २ वटाको जमिनमुनिको भागको काम समेत सम्पन्न भइसकेको छ । २ वटा पिलरको जमिनमुनिको काम पूरा भएको र पिलर उठाउन मात्र बाँकी रहेको इन्जिनियर प्रमोद कर्णले बताए ।

हुलाकी राजमार्ग परियोजना अन्तर्गत भारतसँंग जोड्ने पहिलो पुलका रुपमा निर्माण आरम्भ भएको यस पुल निर्माण कार्यमा एक नम्बर पिलरमा रहेको सुकुम्बासी बस्ती हटाउन समयमेै परियोजनाले चासो नदिँदा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । आगामी २०७४ वैशाख मसान्तभित्रमा पुल निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको कर्णको भनाइ छ । उनले दैनिक कम्तीमा ३५ जना मजदुरले काम गरिरहेको बताउँदै अब पनि पुल बन्दैन कि भनेर कुनै पनि शङ्का नगर्न सबैलाई आग्रह समेत गरे । कम्पनीका सुपरभाइजर रामाधीन मण्डलले १६ वटा पिलर स्लावहरु मध्ये ८ वटा स्लावको निर्माण कार्य पूरा भएकाले ७÷८ महिनामाभित्रमा निर्माण कार्य सम्पन्न हुने उनको दाबी रहेको छ ।

विगतमा ६ महिनासम्मको लगातारको बन्दको प्रभावका साथै विभिन्न प्राविधिक कारणले गर्दा निर्माण कार्य ढिला भएपनि अब कुनै अवरोध नआएमा वैशाखभित्रमै सम्पन्न गरेरै छाड्ने कम्पनीको प्रतिवद्धता रहेको छ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले तिन वर्षभित्र पुल निर्माण सम्पन्न गराएरै छोड्ने प्रतिबद्धता जनाएका थिए ।

पुल निर्माण कम्पनी अनक सूर्य एण्ड सन्सका अनुसार अब सबै समस्याको समाधान भइसकेकाले पुल निर्माणमा ढिलाई हुँदैन । पुल निर्माणस्थलमा २० घर परिवार सुकुम्बासीका घरटहरा भत्काउन समय लागेको थियो भने अहिले सबेै घरहरु सारी सकिएको छ । पुल निर्माण गर्न दक्षिणी झापाबासीले विसं २००९ सालदेखि सङ्घर्ष गर्दै आइरहेका छन् । ३७ करोड ३६ लाख ५० हजार लागतमा निर्माण आरम्भ भएको यो पुल बनेपछि पूर्व–पश्चिम जोड्ने हुलाकी मार्गको पूर्वी ट्र्याक खुल्ने आधार पनि बढेर जानेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: