ओली र थापाको घरमा बम विष्फोट

  प्रकाशित मिति
९ मंसिर २०७४, शनिबार ०९:३०


नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको झापाको दमक ५ स्थित घर अगाडी राखेको आइ टी बम नेपाली सेनाले आज निस्कृय पारेको छ ।

झापाको केर्खा स्थित २१ नम्वर वाहिनीबाट आएको सेनाको टिस्पोजल टोलीले आज बम निस्कृय पारेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राखेको आइ टी बमलाई आज बिहान ७ .२० मा निस्कृय पारी दिएको छ ।

त्यस अघि बिहान ४ वजे अको बम घर अगाडीको गेटमा पड्क्रिएको थियो । कोकको बोतलमा ५० ग्राम विस्फोटक पदार्थ र डेटेनेटर भेटीएको सेनाको डिस्पोजल टोलीले जनाएको छ । बम विस्फोट पछि कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय दमकका डिएपी दिपक गिरीले बताए ।

बिहान बम पड्क्रिए पछि प्रहरीलाई खबर गरेपछि तत्काल घटना स्थलमा प्रहरी आइपुगेको दमक नगरपालिकाको मेयर रोम नाथ ओलीले जानकारी दिए । दमकको घर मेयर रोमनाथ ओली बस्दै आएका छन् । रोम नाथ नाताले केपी भजिता पर्छन् ।

त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: