बरिष्ठ लोक गायक जोशी सम्मानित

  प्रकाशित मिति
११ फाल्गुन २०७६, आईतवार १४:५५


। आईतमाया (आमा) थेबे वर्ष उत्कृष्ट प्रतिभा सम्मानबाट बरिष्ठ लोक गायक एलपी जोशी सम्मानित भएका छन् ।

चारआलीका थेबे परिवारवाट आफ्नी दिवंगत माताको स्मृतिमा स्थापित प्रतिष्ठानले स्थापनाको ९औँ वार्षिक उत्सवमा उनलाई सम्मान गरेको हो ।

उनलाई नगद ११ हजार १ सय ११ सहति सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले सम्मान गरेका थिए ।

कार्यक्रममा २ जना ज्येष्ठ नागरिकहरु जयप्रसाद प्रसाई र राधादेवी प्रसाईलाईसमेत सम्मान गरिएको थियो ।

प्रतिष्ठानले विगत ८ वर्षदेखि हरेक वर्ष आईतमाया थेबेको जन्म जयन्तीको अवसर पारेर स्थानीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष अर्जुन थेबेले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लाल बहादुर थेबेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल–भारत मैत्रीसंघ मेचीनगरकी अध्यक्ष राधिका गुरुङ, मेचीनगर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष नरेन्द्र धिमाल, स्रष्ठाहरु मुनाराज शेर्मा, शिवशंकर थापा, सम्मानीत व्यक्तित्व जोशी, प्रमुख अतिथि बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेबेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विश्व थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: