बर्खाले यातायात व्यवसाय चौपट

  प्रकाशित मिति
१३ श्रावण २०७३, बिहीबार १५:३४


download

मेचीनगर । बर्खा सुरु भएयता यातायात व्यवसाय चौपट बन्दै गएको छ । जसले यातायात व्यवसायीलाई खर्च धान्न नै धौ–धौ पर्ने थालेको छ ।
पानी परेका कारण यात्रु नआएपछि यसको प्रत्यक्ष असर व्यवसायीलाई परेको हो । मेची बस व्यवसायी सङ्घबाट दैनिक ५५ वटा गाडी छुट्ने गरे पनि यतिबेला २५ वटा मात्र गाडी देशका विभिन्न ठाउँमा जाने गरेका मेची बस व्यवसायी सङ्घका उपाध्यक्ष विष्णु श्रेष्ठले बताए । यस सङ्घबाट काठमाडौँका लागि मात्र २० वटा गाडी छुट्ने गरे पनि अहिले बल्ल तल्ल १२ वटा गाडी जाने गरेका छन् । ‘व्यवसाय नै चौपट्ट बनिसक्यो’ उपाध्यक्ष श्रेष्ठले भने–‘यतिबेला गाडीको किस्ता तिर्न त कहाँ हो कहाँ खर्च समेत उठ्न गाह्रो हुन्छ ।’

यातायात व्यवसायका लागि १० महिना राम्रो भए पनि असार र साउनमा खर्च धान्न समेत गाह्रो पर्ने गरेको छ । एकातिर बर्खाको बेला अर्काेतिर सिन्धुलीको बाटो हुँदै माइव्रmो बसले यात्रु लैजान थाले पछि झन सङ्कट थपिएको सङ्घका अध्यक्ष श्रीप्रसाद मैनालीले बताए । सेन्टीगेटको नाममा खुल्ला प्रतिस्पर्धा भएर जथाभावी यातायात सञ्चालन हुन थालेपछि व्यवसायीहरू मारमा पर्दै आएका मैनालीले बताए । सरकारले गोप्य सहमतिमा सिमिति गाडी र कम्पनीलाई मात्र यो सडक खण्डका लागि रुट परमिट दिएर व्यवसायलाई अन्याय गरेको मैनालीले आरोप लगाए । ‘के कति मात्रलाई रुट परमिट दिने हो कुनै लेखाजोखा छैन’, महासङ्घका बरिष्ठ सल्लाहकार मैनालीले भने–‘विना परमिट अनियमित रुपमा गाडीहरू सञ्चालन गर्नाले ठूला तथा मझौला व्यवसयाीहरूले यसको असर भोग्नु परेको छ ।’

यही विषयलाई लिएर मङ्गलवार मेची, कोसी र सगरमाथा अञ्चलका व्यवसायीहरूको बैठक बसेको थियो । उक्त बैठकले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकार र महासङ्घमा यस विषयमा ज्ञापन पत्र बुझाउने र सवारीमा लगाइएको करका विषयमा गहन रुपमा छलफल गर्ने निर्णय गरिएको मैनालीले बताए ।
सरकारले कुनै अनुमति नै नदिएको बाटोमा खुलेआम यात्रु बोकेर यो बाटो हुँदै माइव्रmो चल्दा सरकार मुखदर्शक बनेको उनको आरोप छ । देशको मेरुदण्ड मानिएको यातायात क्षेत्र नै धरासयी बन्दै गएपछि व्यासायीहरूमा चिन्ता पर्न थालेको छ । बैङ्कको किस्ता निकालेर यातायात सञ्चालन गर्दै आएका व्यवसायीले किस्तासम्म तिर्न नसके पछि उनीहरू मारमा परेका हुन् । गाडीको किस्ता तिर्न नसकेर कतिपय गाडी त बैङ्कले तानिसकेको छ भने धेरैले अन्य जायजेथा बेचेर भए पनि किस्ता तिर्नु पर्ने तितो यथार्थ छ । यातायात क्षेत्रलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि एउटै क्षेत्रबाट टिकट काट्ने र एकदरले यात्रुलाई सुविधा दिने हो भने यो समस्या नपर्ने सङ्घका उपाध्यक्ष विष्णु श्रेष्ठ बताउँछन् । उनले फ्रि सिस्टम भएका कारण प्रतिस्पर्धामा कमदरमा यात्रु बोक्नु परेको बाध्यता सुनाए ।

यो वर्षदेखि सरकारले यातायात क्षेत्रको बिमा कर ३ गुणा बढाएको छ । जसले उनीहरूलाई थप मार्का परेको हो । मेची बस व्यवसायी सङ्घको काँकरभिट्टा क्षेत्रबाट पोखराका लागि ४, बाग्लुङ १, भैरहवा, बुटवल ३, महेन्द्रनगर १, नारायणघाट २, मन्थली १, दाङ १, पोखरा दिवा १, भैरवा दिवा १, नारायणघाट दिवा २, काठमाडौँका लागि बुधवारेबाट २, शनिश्चरेबाट २, भद्रपुरबाट २, गौरीगञ्जबाट २, राजगढबाट १, दामुनाबाट १, सिन्धुली १ वटा गाडी छुट्ने गरेका छन् । तर, यात्रु नभएपछि धेरै गाडी धेरै गाडीहरू गन्तव्यतर्फ जान नसकेको व्यवसायीहरू बताउँछन् । पोखरा चल्ने गाडी पनि अहिले ५÷६ जनाका दरले यात्रु बोकेर ३ वटासम्म मात्र गाडी जाने गरेको काउण्टर इञ्र्चाज बासु कार्कीले बताए ।

काठमाडौँ र पोखरा चल्ने गाडीका नारायणघाट–मुग्लिन सडकको अर्काे ठूलो समस्या बन्दै आएको छ । ३६ किलोमिटरको यो सडक खण्ड पार गर्न ४५ मिनेट लाग्ने गरे पनि अहिले बाटो बिग्रिने, बेला बेला पहिरो गइरहने भएका कारण २ घण्टा भन्दा धेरै समय बित्ने गरेको छ । त्यसमा पनि पहिरोका कारण २४ घण्टा भन्दा धेरै समय जाममा पर्ने गररेका छन् । जसले यात्रुहरू सिन्धुलीको बाटो हुँदै काठमाडौँ जाने गरेका छन् । सरकारले बाटो बढाउने भन्दै पुन निर्माण गर्न थाले पनि समयमा काम नसक्दा यसको असर व्यवसायलाई परेको हो  ।

यसैगरी, उज्यालो यातायात व्यवसायी सङ्घबाट सञ्चालित बसहरूको अवस्था उस्तै छ । यस सङ्घबाट काठमाडौका लागि दैनिक ५ वटा गाडी छुट्ने गरे पनि अहिले बल्ल तल्ल एउटा मात्र गाडी जाने गरेको छ । यात्रु नभएपछि सबै गाडी पठाउन नसकिएको सङ्घका महासचिव केवलराम राईले बताए ।
यता हिमाल यातायात व्यवसायी सङ्घले पनि दैनिक एउटा मात्र गाडी छुटाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: