बलात्कारका आरोपी पक्राउ

  प्रकाशित मिति
१२ भाद्र २०७३, आईतवार १९:५०


balatkar 1

झापा । बालिका बलात्कारको आरोपमा एक व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षीका ४५ बर्षीय भीम गिरी रहेका छन् । गिरीले आफ्नै घरको कृषि फार्ममा काम गर्ने मजदूरकी १३ बर्षीया छोरीलाई घरमा कोही नभएको मौका छोपी आइतबार दिउँसो १२ बजे बलात्कार गरेका थिए ।

बलात्कारपछि अत्याधिक रक्तस्राव भएकी बालिकाले घटनाबारे सोमबार आमा बुबालाई जानकारी गराएपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने वित्तिकै इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको छ ।

नाबालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । परीक्षणको रिर्पोट आएपछि अभियुक्त गिरीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: