झापा । गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० बर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
सोही गाउँपालिका–८ की १७ बर्षीय नातामा छोरी पर्ने युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रवार पक्राउ परेको प्रहरीले जनाएको छ ।
पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । पीडित युवतीका बुबाले दिएको जाहेरीमा उनी ५ महिनाकी गर्भवती समेत रहेकी छिन् । युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताए ।
बलात्कृत युवती ताजपुरियाकै श्रीमतीकी दिदीकी छोरी हुन् । नाताले युवती अभियुक्तकी छोरी पर्छिन् । तापुरियालाई इप्रका गौरीगञ्जकै हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
झापामा चालू आर्थिक बर्षको चार महिनामा मात्र आधा दर्जन बलात्कारका घटना भएका छन् । यसअघि साउनमा आफ्नै नातामा हजुरबुबा पर्ने हल्दिबारीकी १३ बर्षीया युवती समेत गर्भवती भएकी छिन् । उनी हाल माइती नेपालको शरणमा छिन् ।