बल प्रयोग’बाट पछि हट्यो नगरपालिका

  प्रकाशित मिति
१ जेष्ठ २०७६, बुधबार १२:०५


 

काँकरभिट्टा । बल प्रयोग गरेर सुकुम्बासी वस्ती खाली गर्ने अप्रिय योजनाबाट मेचीनगर नगरपालिका पछि हटेको छ ।

आपसी समझदारीबाटै समाधान खोज्न नगरपालिका अग्रसर भएपछि मेचीनगर–६ काँकरभिट्टास्थित भानुटोलका २२ परिवारले तत्कालका लागि ढुक्को सास फेर्न पाउने भएका छन् ।

यसअघि जग्गा खाली गर्न नगरपालिकाले लगातार उर्दी जारी गरेपछि उत्पन्न बढेको थियो ।

नगरपालिकाले यसै आर्थिक वर्षमा ४५ लाख लगानी गरी बहुउद्देश्यीय व्यापारिक भवन बनाउने भन्दै सुकुम्बासी परिवारलाई जग्गा खाली गर्न सूचना जारी गर्दै आएको थियो ।

तर दुई दशक अघिदेखि सोही स्थानमा बसोबास गरी साना पसल चलाउँदै आएका सुकुम्बासीहरुले वैकल्पिक व्यवस्था नभएसम्म जग्गा खाली नगर्ने अडान राखेका थिए ।

दुबै पक्षको अडानले तनाव बढिरहेका बेला सोमवार नगरपालिकामा भएको सुकुम्बासी परिवार, नगरपालिका र राजनीतिक दलका नेताहरुको छलफलबाट समाधानको निकास निस्किएको छ ।

स्रोतका अनुसार नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल विकल्पबेगर सुकुम्बासी हटाउने नगरपालिकाको निर्णयको विपक्षमा उभिएपछि घटनाले नयाँ मोड लिएको हो ।

सर्वपक्षीय छलफलबाट तीन वटा निष्कर्ष निस्किएको छ ।

अब नगरपालिकाले तत्काल सुकुम्बासीलाई बल प्रयोग गरेर हटाउने छैन । २२ परिवारलाई स्वेच्छिक रुपमा आफ्नो विवरण भराइने भएको छ । जसमा उनीहरुले अन्यत्र अलअचल सम्पत्ति भएको वा नभएको विवरण भरेर वडा कार्यालयमा बुझाउनु पर्ने छ ।

नगरपालिका बल प्रयोग गर्ने अडानबाट पछि हटेका कारण अब भानुटोलको तनाव मत्थर भएको मानिएको छ ।

सुकुम्बासीहरुले लगत भरेको आधारमा वास्तविक सुकुम्बासीहरुलाई जनता आवास कार्यक्रम अन्तरगत अन्यत्र पुनर्वास गराउन नगरपालिका सहमत भएको छ भने उनीहरुमध्ये त्यहीँ व्यापार गर्न चाहनेहरुलाई नगरपालिकाले निर्माण गरेको व्यापारिक भवनमा विना प्रष्ष्पिर्धा सहुलियत भाडामा कोठा उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: