बसको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु

  प्रकाशित मिति
२६ श्रावण २०७९, बिहीबार १९:१६


मेचीनगर, २६ साउन । काँकरभिट्टाको पुरानो भन्सार सडक खण्डमा बसको ठक्करबाट घाइते भएका पैदल यात्री मृत्यु भएको छ ।
विहीबार काँकरभिट्टा स्थित दिव्यज्वोती आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको उरिता बसले मेचीनगर–६ निवासी ४० वर्षीय पैदल यात्री चेतबहादुर फुयललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

ट्राफिक प्रहरीका अनुसार विहान ९ः३० वजे बसले ठक्कर दिएका उनलाई तत्काल वीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

घाइते फुयलको बसको ठक्करबाट टाउकोमा चोट लागेको थियो भने खुट्टा भाचिएको प्रहरीको भनाई छ ।

दिउसो २ वजे घाइते फुयलको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख एवम प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: