बस्ती जोगाउन सेना परिचालन

  प्रकाशित मिति
१२ श्रावण २०७३, बुधबार १९:४४


sena

झापा । झापा जिल्लामा साउन ५ गते यता आएको अविरल वर्षा पश्चात बाढीका कारण ७ जनाको मृत्यु भएको नेपाली सेनाको चारआलीस्थित कालीबहादुर गणले जनाएको छ ।

वाढीमा परी हालसम्म ३ जना बेपत्ता भएको र ८ सय भन्दा बढी परिवार विस्थापित भएको सेनाले जानकारी दिएको छ । बाढीले एक दर्जन घर पूर्णरुपमा र ४ सय घर आंशिक रुपमा क्षति भएको गणका सहसेनानी कृष्णचन्द्र पौडेलले बताए ।

झापाका नदीमा यो साता वर्षकै भीषण बाढी आएको छ । पानीको निकास नहुँदा विर्तामोड, भद्रपुर, दमक लगायतका अधिकांश सहर बजार समेत डुबानमा परेका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित छन् । सेनाको चारआलीस्थित कालीबहादुर गणबाट खटिएको टोलीले भद्रपुरस्थित भैसावारीमा खोलाले बगाएर रुखको सहारा लिएर बसेका ३ जनालाई सकुशल उद्धार गरेको थियो ।

खोलाले कटान गरिरहेको गाउँ बस्तीलाई जोगाउनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय बासिन्दा लगायतसँग समन्वय गरी प्राथमिकताका साथ कार्य सम्पन्न गर्न अधिकतम फौज परिचालन गरिएको काली बहादूर गणका गणपति प्रमुख सेनानी खेम नारायण पाडेलले बताएका छन् ।

नेपाली सेनाले उद्धार कार्यमा मोटर बोटकोसमेत प्रयोग गरेको छ । सेनाले शनिर्अुनको पानीकल इलाकामा करिव २ सय मिटर क्षेत्रमा अस्थाई बाँध बाँधेर वस्ती जोगाएको । सो बाँधले पानीकल, लक्ष्मीपुर, घैलाडूब्बा, पाण्डवपुर, खाडीबस्ती लगायतका इलाकाहरू जोगिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: