बस्नेतले भने–‘ओलीको सपना सम्भव छ’

  प्रकाशित मिति
२८ माघ २०७२, बिहीबार १२:३५


mahesh

विर्तामोड । नेकपा एमालेका युवा नेता एवम् पूर्व मन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी ओली स्वप्नद्रष्टा भएको धारणा राख्दै स्वाधीन अर्थतन्त्र र समृद्ध नेपाल निर्माणका लागि ओलीको सपनालाई हलुका रुपमा नलिन आग्रह गरेका छन् ।

भारतको गुहावाटीमा भइरहेको साग प्रतियोगितामा अतिथि दर्शक भएर फर्किने व्रmममा वुधवार विर्तामोडस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले त्यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने झैँ मुलुकलाई लोडसेडिङबाट मुक्त बनाउन सम्भव भएको चर्चा गर्दै युवा नेता बस्नेतले भने–‘पहिलोपल्ट नयाँ कुरा आउँदा हाम्रो समाजमा नपत्याउने र कुरा काटेर उडाउने गलत संस्कार छ, प्रधानमन्त्रीले राम्रा योजना सुनाउँदा पनि त्यस्तै भएको मात्र हो ।’
हावाबाट बिजुली निकाल्ने, घरघरमा खाना पकाउने ग्याँस पुर्याउने र लोडसेडिङबाट मुक्त बनाउने विषय हाम्रो मुलुकको समृद्धिका लागि आवश्यकीय र सम्भव भएको बस्नेतले बताए ।

साग प्रतियोगिताका विषयमा समेत बोल्दै उनले आगामी साग प्रतियोगिता भारतको भन्दा भव्य र सभ्य रुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफु खेलकुद मन्त्री बनेर नेपाली युवा र खेल जगतको उन्नतिमा लाग्न चाहेको समेत बताए ।

उनले वीरगञ्ज नाका नखुली भारत भ्रमणमा जान्न भन्ने प्रधानमन्त्री अ‍ोलीको अडान गर्व गर्नलायक भएको बताउँदै भारतीय पक्ष विद्रोहीमार्फत नभएर केन्द्रीय सत्तासँगै आफ्ना कुरा राख्न बाध्य भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: