बस दुर्घटनामा एक दर्जन घाईते

  प्रकाशित मिति
१४ श्रावण २०७३, शुक्रबार ११:१५


दमक, १४ साउन । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका छन् ।

बिहान ७ः३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा उक्त बस अनियन्त्रित भएर पल्टिँएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएकोे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: