बहुवनको साधारणसभा

  प्रकाशित मिति
१३ माघ २०७४, शनिबार २०:४१


बाहुनडाँगी । बहुवन सामुदायिक बन उपभोक्ता समूह मेचीनगर २ र ३ को २९ औँ साधारणसभा तथा उपभोक्ता भेला शनिबार सम्पन्न भएको छ ।

बनको कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बन संरक्षणका साथसाथै आम्दानीको स्रोत पनि बनाउनु पर्नेमा जोड दिए ।

आचार्यले उपभोक्ताको सल्लाह सुझाव बमोजिम मेचीनगरका १३ वटै सामुदायिक वनको विकास गर्न मेचीनगर नगरपालिका सकारात्मक रहेको बताए । व्यवहारमा सिंहदरबारको अधिकार गाउँगाउँमा आइनसकेको बताउँदै उनले विकास र समृद्धिका एजेण्डालाई प्राथमिकतामा राखेर नगरपालिका अगाडि बढ्ने बताए ।

नगर प्रमुख आचार्यले अबको १० बर्षमा समृद्ध मेचीनगर बन्ने बताएका छन् ।

कार्यक्रममा समूहमा आबद्ध उपभोक्ताका छोराछोरी मध्येबाट ६ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिएको छ । यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा बविता अधिकारी, मुकेश तामाङ, पवित्रा बराल, श्रेया लिम्बू, इसा पौडेल र सुमिना धिमाल रहेको सचिव इन्दिरा पोखरेलले जानकारी दिइन् ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका सभाध्यक्ष भानु थापाले आर्थिक बर्ष २०७४÷७५ मा बनले ३५ लाख ४ हजार २ सय ५० रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरेको बताए । लेखा प्रतिवेदन भने लेखा समिति संयोजक निरज पोखरेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायिक बन जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारी, जिल्ला वन अधिकृत बोधराज सुवेदी, इलाका वन अधिकृत अनिरुद्रप्रसाद साह, मेचीनगर २ र ३ का वडाध्यक्ष क्रमशः तिलक न्यौपाने, हर्क बस्नेत, वडा नं. ३ की वडा सदस्य रीता थापा, पाँचपोखरी सामुदायिक बनका अध्यक्ष प्रदिप धिमाल, वनका पूर्व अध्यक्ष चन्द्र दासलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एमालेका मेघराज थापा, माओवादी केन्द्रका पुष्प गुरागाई, नेपाली काङ्ग्रेसका मोतिलाल बराल, समूहकी कोषाध्यक्ष निशा भण्डारीसहित उपभोक्ताको कार्यक्रममा सहभागिता रहेको थियो । समूहका उपाध्यक्ष अजय शङ्करको स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन धनराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: