झापा । बाँके र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रुपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन् ।
नयाँ भेटिएका दुबै संक्रमित पुरुष हुन् । तीमध्ये रुपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरुषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनीहरु दुबैको अवस्था सामान्य छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश पाँचमा शुक्रबार पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।