बाँच्ने ठेगान छैन, मरे लाश भेटिन्न

  प्रकाशित मिति
५ चैत्र २०७२, शुक्रबार ०४:४२


सिरिया यतिबेला भीषण गृहयुद्धबाट गुज्रिरहेको छ । आइएसको राजधानी रक्कामा बसेर युद्धको यही विभीषिकालाई भोगिरहेका अज्ञात सिरियालीले १० मार्च २०१६ मा लेखेको एउटा डायरी वीवीसीले सार्वजनिक गरेको छ । जो यस्तो छ–

syriya 1रक्का (सिरिया)। वत्र्तमानमा मेरो देशलाई मेरो जरुरत छ । म मातृभूमिको पुकार सुनिरहेको छु, जसरी एउटी आमा आफ्नो छोरोलाई गुहार्छिन् ।

एक विहान सबेरैको कुरा हो, जब लडाकु विमानको चर्को आवाजले मलाई जगाइदियो, जताततै बम बर्षाको धमाका सुन्न सक्थेँ र मेरो छिमेकमा बच्चा रोएको चित्कार पनि ।

कहिले सरकार समर्थक रसियाको लडाकु विमानले र कहिले विद्रोही आइएसका लडाकुको दोहोरो मारमा थिए सर्वसाधारण ।
मानिसहरू के भयो भन्दै आफ्ना घरबाट बाहिर निस्के । मैले देखेँ–एउटा छिमेकी पागलसरि दौडदै भन्दै थिइन्–‘तपाइहरूले मेरो छोरा कतै देख्नु भयो ?’ बम पड्केको बेला उनको छोरा पाउरोटी किन्न घरबाट बाहिर निस्केको थियो रे ।

वरपरका मानिसले भन्थे–लडाकु विमानले अबु मोहम्मदको घरलाई बमले निसाना बनाएको थियो । मानिसहरू जतिसक्दो छिटो उतै कुदिरहेका थिए, ताकि क्षत विक्षत लाशहरू कसका थिए भनेर चिन्न सकियोस् । लाशमध्ये एउटा लाश उनको थियो, जो केही दिनमै बच्चा जन्माउनेवाला थिइन् ।

फेरि लडाकु विमानले आकाशमा चक्कर मार्न थालेपछि मानिसहरू बम खसेको घरबाट तितरवितर भए, किनकि त्यहाँ अर्को बम गिर्न सक्थ्यो । सबैले परैबाट चिन्थे कि त्यो रुसी विमान हो । विद्रोही धपाउने बहानामा युद्ध थोपरिरहेको रुसी सैन्य विमान ।

जब जहाज अन्तै हुइँकियो, फेरि मानिसहरू घरबाट बाहिर निस्कन थाले । म पनि एउटा दोकानतिर गए, जहाँ म काम गर्थेँ । मेरो बोस चुपचाप चिया सुक्र्यारहेको थियो, थकित मुस्कानका साथ मैले उसलाई हेरेँ । उ अजीवको मानिस थियो, चियासित चुरोट पिउँथ्यो ।
आइएसले धुमपानमा प्रतिबन्ध लगाए पनि उसले पिउने लत छाड्न सकेको थिएन । चुरोटको गन्ध आएको फेला पार्नासाथ आइएसका कार्यकर्ताले कुटेर, पिटेर अपमानजनक व्यवहार गर्थे, मानौँ उ अपराधी हो । कतिले यति नै अपराधमा ज्यान पनि गुमाइसकेका थिए ।

हामी सबै भलाकुसारी गरिरहेका बेला दोकानमा दुईवटा व्यक्ति आए र ढोकाननेर आएर एक शब्द नबोली एउटा कागजको चिर्किटो छाडेर गए । उनीहरू यसरी नै अरु दोकानको ढोकामा पनि पुगिरहेका थिए ।

Europe Migration Photo Gallery
Europe Migration Photo Gallery

केही सेकेन्डभन्दा बढी हामीभए ठाउँमा ती व्यक्ति अडिएनन् । कागजमा आइएसको आदेश थियो–‘सबै टेलिभिजन एक हप्ताभित्र हटाउनु ।’ आइएसले टेलिभिजनमा प्रतिबन्ध लगाएकाले सबैले आफ्ना घरबाट टीभीका सेट हटाउनु पर्ने आदेशमा उल्लेख थियो । बाहिरी दुनियाँसँग सम्पर्कमा रहन नदिने र बाहिर के भइरहेको छ भन्ने नागरिकले थाहा नपाउन् भन्ने आइएसको चाहना सजिलै बुझिन्थ्यो ।

केहीबेर पछि एउटा साथी दोकानमा टुप्लुक्क आइपुग्यो । उसलाई एक महिनादेखि गाउँमा देखिएको थिएन । आइएसले उसलाई गिरफ्तार गरेर लगगेकाले मानिसहरू उ मरिसकेको ठान्थे । मैले चिच्याएर भने–‘अरे तिमी जिउँदै छ्यौँ !’

उ कमजोर मुस्कानका साथ हाँस्यो । उसले मलाई बतायो कि उसलाई आइएसले गिरफ्तार गर्नु पर्ने कारण उसको भुँडी केही ठूलो भएर हो । आइएसले भुँडी बढ्नु अर्थात मोटाउनुलाई पनि अपराध नै मान्थ्यो । यदि कोही मोटाउँछ भने उसले सरिया अदालतको सामना गर्नु पर्ने छ ।
त्यहीबेला मेरो मोवाइलमा घन्टी बज्यो, त्यो मेरी आमाको थियो । आमाले मलाई केही सामान बजारबाट ल्याउनु भनेर अराएकी थिइन् ।

बजारमा टमाटरको भाउ ४ सय सिरियाइ पाउन्ड र चामल ५ सय पाउन्ड पुुगिसकेको थियो । बजारमा सामानको भाउ किन्नै नसक्ने हालतमा पुगिसकेको थियो । मैले आमाले अराए जति सामान किन्नै सकिन ।

जब घर फर्केँ । मलाई आमाले किन सामान कम ल्याइस् भनेर कराउँछिन् कि भन्ने चिन्ता थियो । तर आमा म घर फर्किदा मात्रै पनि खुशी भइन् । आमा किन खुशी भइन् भने म बजार जाँदा सकुशल फर्कन सकेँ वा आइएसको गिरफ्तारीमा परिन । कैयन आमाहरूले बजार गएका छोराछोरी घर सकुशल फर्केको देख्न पाएका छैनन् ।

(लोकतन्त्र पोस्टमा ५ चैत २०७२ मा प्रकाशित)

www.loktantrapost.com

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: