बाँनियाले जन्मदिनमा मजदुरको खाता खोलिदिए

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार २२:३७


धुलावारी । मेचीनगरका सफल उद्यमी टेकेन्द्र बाँनियाले जन्मदिनको उपलक्ष्यमा चिया बगानका २२ जना मजदुरहरुको सहकारीमा खाता खोलीदिएका छन् ।

४१औँ जन्मदिनको अवसर पारेर बाँनियाले बुुद्धशान्ति–६ का उक्त मजदुरहरुको खाता खोलिदिएका हुन् ।

मेचीनगर–९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था धुलाबारीको प्रधान कार्यालयमा मजदुरहरुको बाँनियाले खाता खोलिदिएका थिए ।

बाँनियाले आफ्नै चिया बगानमा काम गर्ने २२ जना मजदुरहरुको खाता खोलिदिएको गृहलक्ष्मी सहकारी संस्थाका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

बाँनियाको शनिबार जन्मदिनमा खाता खोल्ने कार्यक्रममा सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: