बाँसवारीमा वनभोज

  प्रकाशित मिति
३ पुष २०७३, आईतवार १२:५५


dance
मेची उद्योग बाणिज्य सङ्घका महासचिव ऋषि तिम्सिना शनिवार बाँसवारी सामुदायिक वनमा नाचिरहेका थिए । सधै काममा व्यस्त रहने उनी शनिवार फुर्सदको समय निकालेर वनभोज खानका लागि त्यहाँ पुगेका हुन् । फ्रेण्डसिप फोटो स्टुडियोका प्रोपाइटर सुमन गौतम पनि अरु दिन अति व्यस्त रहन्छन् । शान्ति समाज धुलावारीले आयोजना गरेको वनभोज कार्यव्रmममा उनी पनि सहभागी बनेका थिए ।

तिम्सिना र गौतम त प्रतिनिधि पात्र मात्र हुन् । शनिवार लोकतन्त्रकर्मी बाँसवारी सामुदायिक वनमा पुग्दा दुई दर्जन भन्दा बढी सङ्घ संस्थाबाट वनभोज खाने आन्तरिक पर्यटकको घुइँचो थियो । हप्ताभर काम गरेर एकदिन फुर्सदको समयमा रमाइलो गर्ने व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक सङ्घसंस्थाबाट वनभोज खानका लागि यहाँ आएका थिए । अझ वनभोज खानका लागि विद्यार्थीहरूको धेरै घुइँचो लाग्ने गरेको छ ।

सामुदायिक वनले केही वर्षदेखि पर्यटकीय क्षेत्रको रुपमा विकाससँगै पूर्वाधार निर्माण गर्न थालेपछि वनभोज खाने र घुम्न आउनेको घुइँचो नै लाग्ने गरेको छ । विषेश गरेर शनिवार यस क्षेत्रमा बनभोज खाने आउने बढी हुने गरेका छन् ।

बाँसवारी सामुदामयिक वन उपभोक्ता समूह धाइजन ७, ८ र ९ तथा मेनपा–३ कवर वस्तीमा पर्ने यो पर्यटकीय क्षेत्रमा दैनिक १ सय ५० जना आन्तरिक पर्यटकहरू घुम्न आउने गरेको सावले जनाएको छ ।

यस क्षेत्रमा घुम्न आउनेले विभिन्न वन्यजन्तुको अवलोकन गर्ने अवसर प्राप्त गर्छन् । जसमा कछुवा, टर्की, अजिङ्गर, दुम्सी, मयुर, रातो मृग, हरिण, सुन गोहोरो, चाइचिज मुसा, खरायो, अस्ट्रिज, इमु चरा रहेका छन् ।

यसैगरी वनभोज खानका लागि आवश्यक सेवा सुविधा समेत उपलब्ध गराउँदै आएको अध्यक्ष सिवाकोटीले बताए । शिवकोटीका अनुसार ५ वटा खानेपानीका कल, ट्याङ्की, विजुलीबत्ती, कुर्सी, पकाउनका लागि भाँडा वर्तन, त्रिपाल, दाउरा, बाजा, पकाउनका लागि कालीगढ, कार्यव्रmम गर्नु परेमा स्टेज बनाउने व्यवस्था, ५ वटा शौचालयको निर्माण, वनभोज स्थलमा २ जना कर्मचारीको व्यवस्था गरिएको छ ।

मङ्सिरको पहलिो हप्तादेखि सुरु भएको वनभोज बैशाखसम्म चल्ने समूहका सचिव उमानाथ कडरियाले बताए । सचिव कडरियाका अनुसार सार्वजनिक विदाका दिन ३० देखि ३५ जनाका ग्रुप र अन्य दिन पनि १० देखि १५ जनाको गु्रप बनाएर वनभोज खान आउँछन् । वनभोज खानका लागि सरसफाई शुल्क बापत १ सय देखि ३ सयसम्म लिने गरेको अध्यक्ष शिवाकोटीले बताए । जसका लागि खुल्ला क्षेत्रमा १ सय, बाँसको चौतारो बनाएको ठाउँमा २ सय र बाँसको टहरा बनाएकोमा ३ सय शुल्क लिने उनले बताए ।
वनभोज क्षेत्रभित्र पोखरीको समेत अवलोकन गर्न सकिन्छ । जसमा पुस महिनाभित्र बोटिङ गर्नका लागि तयारी गरिएको अध्यक्ष शिवाकोटोले बताए । अहिले उक्त पोखरीमा व्यावसायिक माछा पालन गरिएको छ ।

सामुदायिक वनकी केन्द्रीय सदस्य सङ्गीता थापाले पछिल्लो समय झापाका सामुदायिक वनले पर्यटन क्षेत्रको विकास गरेर वनको आयस्रोतमा वृद्धि गरेको बताइन् । जसको एउटा उदाहरण बनेको बाँसवारी सामुदायिक वन रहेको थापाले बताइन् ।
ज्यामिरगढीका समाजसेवी अरुणकुमार बुढाथोकीले मेचीनगरको आसपासमा रहेको यस वनभोज स्थलले धेरैको मनलाई लोभ्याउने बताए । उनले यस क्षेत्रको विकासका लागि सरकारले पनि थप सहयोग गर्न पछि पर्न नहुने बताए ।

धुलावारी बजारबाट २ किलोमिटर पश्चिम उत्तर गएपछि पुगिने धाइजन–७ मा रहेको यो पर्यटकीय क्षेत्र शान्त तथा सफा वातावरण रहेकाले पनि घुम्न आउनेका सङ्ख्या धेरै भएको हो ।

२०५३ सालमा स्थापना भएको यस वनले २०७० सालदेखि पर्यटन क्षेत्रलाई विकास गर्न लागि परेको थियो । जसका लागि पर्यटन कार्यालय काँकरभिट्टाबाट गर्त वर्ष ८ लाख र यो वर्ष ५ लाखको वजेट प्राप्त भएको र त्यसमा उपभोक्ताको थप गरेर काम गर्दै गरेको समूहका अध्यक्ष दुर्गा शिवाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: