बाइस मुलुकबाट आएका ५६९ जना झापाको क्वारेन्टाइनमा

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार १३:०६


कोरोना त्रास फैलिन सुरु भएका बेला दुई साता अघि झापाको काँकरभिट्टा नाकाबाट भित्रिरहेका नेपाली ।        (फाइल फोटो)

 

भद्रपुर (रासस) : विश्वभरि कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाहरुको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकहरुबाट उनीहरु झापा फर्किएका हुन् ।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई स्थानीय सरकारले मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

बिदेशबाट आएक ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । जसमध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताएका छन् ।

उहाँका अनुसार सबैभन्दा बढी आएकाहरुमा भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ रहेका छन् । साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन् । सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन् ।

बुद्धशान्ति र विर्तामोडमा राहत कोष

झापाको बुद्धशान्ति गाउँपालिकाले कोराना भाइरसविरुद्ध उच्च सतर्कताका लागि रु. ३७ लाख ५० हजार र विपन्नहरुलाई राहतका लागि रु. १० लाखको बजेट छुट्याएको छ । विगत १५ दिनमा विदेशबाट आएका ९१ जनालाई होम क्वारेन्टाइनमा छन् ।

उनीहरुलाई होम क्वारेन्टाइनमा राखेर पीपीई ड्रेसहितका स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गरिरहेको पालिकाका अध्यक्ष रमेश भूजेलले बताए ।

विर्तामोड नगरपालिकाले कार्यपालिकाको बैठक बसी रु. ५० लाख रुपैयाँको आकस्मिक राहत कोष स्थापना गरेको छ । सो कोषमा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलगायतले एक महिनाको तलब जम्मा गर्ने भएका छन् ।

कोषबाट क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न र नगरभित्रका विपन्न समुदायलाई राहतका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: