बिर्तामोड, १९ साउन । झापाको बिर्ताबजारमा भाग्य फर्टिलिटी एन्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ ।
बिर्तामोड नगरपालिका ४ बिर्ताबजार चोकदेखि पूर्वपट्टि मण्डाचोकमा डाईग्नोस्टिक सेन्टर बिहीबारदेखि सञ्चालनमा आएको हो ।
वरिष्ठ प्रसुति, स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराईया राजवंशी र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.रणधिर राजवंशीले भाग्य फर्टिलिटी एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
भारतमा फेलोसिप इन इन्फर्टीलिटी एन्ड रिप्रडक्टीभ मेडिसिन सम्बन्धी अध्ययन गरेर आएकी प्रसूति, स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराईया राजवंशीले आफूले विशेषज्ञता हासिल गरेको बिषयलाई व्यवहारमा उतार्दै बाँझोपनको समस्याबाट पीडितहरुका लागि सर्वसुलभ दरमा परामर्श तथा उपचार गर्नका लागि भाग्य फर्टिलिटी एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा ल्याएको बताइन् ।
डाइग्नोस्टिक सेन्टरबाट डा.ममता घिराईया राजवंशीले बाँझोपन तथा निसन्तान दम्पतीको उपचार एवं परामर्श, महिनावारी गडबडी, महिनावारी हुँदा अत्याधिक तल्लोपेट दुख्ने, पिसाब सम्बन्धि रोगहरु, पिसाब गर्दा दुख्ने वा पोल्ने, सेतो पानी बग्ने वा गनाउने, यौन समस्या, यौन चाहानामा कमी आउने, यौनांग रातो हुने, चिलाउने, गाठागुठी आउने, यौनी दुख्ने, पोल्ने आदि, महिलाको स्तन दुख्ने वा गाठागुठी हुने समस्याको उपचार तथा परामर्श सेवा दिने डा. राजवंशीले बताइन् ।
भाग्य फर्टिलिटी एन्ड डाइग्नोस्टिक सेन्टरको उद्घाटन डा. राजवंशीका बुवा आमा भूपेन्द्र राजवंशी र सुभद्रा राजवंशीले गरेका थिए ।
ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र गोलधापकी ब्रह्मकुमारी हरिताले वैदिकविधीपूर्वक मन्त्रोच्चारण गरी उद्घाटन गरिएको कार्यक्रममा चेम्बर अफ कमर्श प्रदेश नं. १ उपाध्यक्ष सन्तोस अग्रवाल, कनकाई–९ का निवर्तमान वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशी, समाजसेवी हरिप्रसाद कडरिया, मारवाडी महिला मञ्चकी उपाध्यक्ष रेखा अग्रवाललगायतले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।