‘बाटोमुनिको फुल–२’ हेरिदिन आग्रह

  प्रकाशित मिति
१८ बैशाख २०७३, शनिबार १३:३४


bato muni ko phool 2 newyesविर्तामोड । लोकप्रिय गायकबाट सिनेमाका नायक बनेका यसकुमारले हालै रिलिज भएको ‘बाटोमुनिको फुल–२’ हेरिदिन झापाली दर्शकलाई आह्वान गरेका छन् ।

केही वर्ष अघि ‘बाटोमुनिको फुल’ निर्माण गरेर चर्चा कमाएका उनले त्यसैको सिक्वेलको रुपमा ‘बाटोमुनिको फुल–२’ बनाएका हुन् ।
‘झापाले मलाई सँधै माया र स्नेह दिदै आएको छ’, सिनेमा प्रबर्धनका लागि झापा आएका उनले शनिवार पत्रकारहरूसँग भने–‘मेरो दोस्रो सिनेमा ‘बाटोमुनिको फुल–२’लाई पनि अपार माया दर्शाइदिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

यसकुमारसहित दिलीप रायमाझी, बाबु बोगटी, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, ऋचा शर्मा लगायतको अभिनय रहेको यस सिनेमाको निर्देशन सुवर्ण थापाले गरेका छन् ।

गत बैशाख १० गतेदेखि मुलुकभर प्रदर्शनमा आएको ‘बाटोमुनिको फुल–२’ झापाका हलमा भने शुव्रmवारदेखि मात्र चलेका छन् । दमकको पाथिभरा, विर्तामोडको कृष्णा र धुलावारीको तृष्णा हलमा यसको प्रदर्शन भइरहेको छ ।

राजधानीमा दर्शकको राम्रो समर्थन पाएको यसले दर्शक सहभागिता, व्यापार र सामाजिक सन्देशको तीन वटै क्षेत्रमा उत्कृष्टता झापामा सावित गर्ने आफ्नो अनुमान रहेको निर्माता यसकुमारले बताएका छन् ।

जातीय भेदभाव र छुवाछुत प्रथाको तीनपुस्ते चित्रण गरिएको ‘बाटोमुनिको फुल–२’मा अधिकांश दृश्य झापा लगायत पूर्वकै देख्न पाइने उनले जानकारी दिए ।

आइतवारको ११–२ बजेको दिवा प्रदर्शनी समयमा नायक यसकुमार विर्तामोडको कृष्णा हलमा दर्शकसँग रहने हलका प्रबन्धक बालकृष्ण पोखरेलले जानकारी दिए ।

विशेष प्रदर्शनी भनिएको त्यो समयमा ‘बाटोमुनिको फुल–२’ हेर्न जिल्ला प्रशासन, प्रहरी र सञ्चार जगतका उच्च पदस्थ व्यक्तिहरू समेत दर्शक रहने बताइएको छ ।

निर्माता यसकुमारका अनुसार ‘बाटोमुनिको फुल–२’ले एक सातमा पौने २ करोडको व्यापार गरिसकेको र यसको निर्माणमा सवा करोड लगानी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: